सुर्खेत : कर्णाली प्रदेशको उच्च गुणस्तरीय अदुवा र बेसार युरोपेली बजारमा लोकप्रिय बन्दै गइरहेका छन्। आर्थिक वर्ष २०८१/८२ मा मात्र कर्णालीबाट ३६५ मेट्रिक टन सुकाइएको अदुवा र बेसार जर्मनीसहितका युरोपेली मुलुकमा निर्यात गरिएको छ।
प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि अधिकृत पूर्णबहादुर थापाका अनुसार यी जडीबुटीजन्य उत्पादनहरूलाई अन्तरराष्ट्रिय मापदण्डअनुसार सुकाएर प्रमाणीकरण गरी निर्यात गरिएको हो।
सल्ल्यान, रुकुमपश्चिम र सुर्खेतको पूर्वी क्षेत्रबाट उत्पादन हुने अदुवा र बेसारलाई सुर्खेतको छिन्चुमा रहेको ‘द अग्र्यानिक भ्याली’ नामक कम्पनीले सङ्कलन गर्दै निर्यात गर्दै आएको छ। कम्पनीले मकैको पीठो, दाल, सिमी, घिउ र सिस्नुको धुलोजस्ता अन्य अग्र्यानिक उत्पादनहरू पनि प्रमाणीकरण गरी विदेश पठाउँदै आएको छ।
कृषि विकासका लागि सरकारले हालसम्म रु १८ अर्ब ४७ करोड बजेट विनियोजन गरेकोमा करीब रु १४ अर्ब बराबरको लगानी भइसकेको मन्त्रालयले जनाएको छ।
आ.व. २०८१/८२ मा मात्र साना सिँचाइ योजनाअन्तर्गत सात सय ४७ वटा योजना निर्माण तथा मर्मत सम्पन्न भएका छन्। यस्तै, सो अवधिमा १९ हेक्टर क्षेत्रमा ४,०४४ स्याउका बिरुवा र २५ हेक्टरमा २,८२४ ओखरका बिरुवा रोपिएका छन्।
त्यसैगरी, बीस हजार १०० सुन्तला, १५ हजार ४०० कागती, दुई हजार ओखर र एक हजार स्याउका बिरुवा पनि रोपिएको छ। खाद्य सुरक्षा कार्यक्रमअन्तर्गत १० हजार स्याउ, १,९५० ओखर, ३,२७० सुन्तला र २,००० लिचीका बिरुवा वितरण गरिएको छ।
खाद्य सुरक्षा तथा कृषि प्रसार कार्यक्रममार्फत उन्नत जातका २१ क्विन्टल धान र २२ मेट्रिक टन सागसब्जीका बीउ प्रमाणीकरण गरिएका छन्। मन्त्रालयका अनुसार, कर्णालीको कृषि उत्पादन विस्तार र निर्यात वृद्धि हुँदै गएको छ, जसले दीर्घकालीन आर्थिक समृद्धिमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
अध्यक्ष/सम्पादक
हेमन क्षेत्री
प्रबन्ध निर्देशक
गणेश के.सी.
९७४३२५१५४२
प्रमुख कार्यकारी अधिकृत
मेहर सिंह के.सी.
९८५७०६१४१६
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
संवाददाता
बिनोद थापा
डब्लु बम रावल (९८४९९१६७०८)
जनसम्पर्क अधिकृत
अस्मिता भुसाल (९७६७६३३८१५)
क्यामेरा पर्शन
शिशिर कार्की (9813901361)
व्यवस्थापक
आविष्कार खत्री
लुम्बिनी व्युरो
अनिल कुमार चौधरी (९८६७४४७१०६)
आइटी शाखा
रमेश ज्ञवाली
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
लुम्बिनी गणेश मिडिया प्रा.लि.
का.म.पा.–२९, मैतिदेबी, काठमाडौं ।
फोन : 984-3497533
ईमेल : thelumbini2080@gmail.com
सूचना विभाग द.प्र.प.नं. : ४९६६–०८१/०८२
दर्ता मिति : २०८१/१२/११
प्रेस काउन्सिल नेपाल अनलाइन सञ्चार माध्यम सूचिकरण प्रमाणपत्र नं. ४९७३–०८१/०८२
दर्ता मिति : २०८२/०२/०४
about-us
© 2026 All right reserved to thelumbini.com | Site By : Sobij