नेपालको सामाजिक, सांस्कृतिक तथा महिला अधिकारको आन्दोलनमा ऐतिहासिक एवं क्रान्तिकारी योगदान पुर्याउनुभएकी महान् समाजसुधारक, कवयित्री तथा महिला अधिकारको लागि लड्नुभएकी अग्रदुत योगमाया न्यौपाने (वि.सं. १९२४-१९९८) लाई मरणोपरान्त "राष्ट्रिय विभूति" घोषणा गर्नका लागि संवैधानिक निकाय राष्ट्रिय महिला आयोग, न्यौपाने बन्धु समाज, नेपाल लगायत विभिन्न सामाजिक संघ संस्थाहरूबाट समयसमयमा पहल भैरहेको देखिन्छ।
जहानियां राणाशासन को घोर अन्धकार, सामाजिक कुरीति, जातीय विभेद, वालविवाह, बहुविवाह र महिला उत्पीडनको चरम उत्कर्षमा रहेको तत्कालीन समयमा योगमायाले चलाउनुभएको आन्दोलन र दिनुभएको बलिदान नेपालको इतिहासमा अतुलनीय एवं सदैब स्मरणीय रहेको छ।
वहाँको योगदानलाई कदर गर्दै वहाँलाई राष्ट्रिय पहिचान सहितको सम्मान दिनु राज्यको कर्तव्य भएको हुंदा देहायका बस्तुगत तथ्य, आधार र प्रमाणका आधारमा योगमाया न्यौपानेलाई मरणोपरान्त राष्ट्रिय बिभूति घोषणा गरी सम्मान गर्नुपर्ने राज्यको कर्तव्य हो भन्ने महसुस भएको छ।
१. सामाजिक न्याय तथा महिला अधिकारको लागि लड्नुभएकी पहिलो महिला नेत्री: तत्कालीन कठोर राणाकालीन शासनको बिरुद्वमा खासगरी महिलाहरूलाई शिक्षा, महिला अधिकार, सामाजिक स्वतन्त्रताबाट बन्चित गरिएको अवस्थामा योगमायाले सतीप्रथा, वालविवाह, बहुबिबाह, दासप्रथा एवं जातीय विभेदविरुद्व आवाज बुलन्द गरेर ऐतिहासिक कार्य गर्नुभएको थियो, त्यसैले वहाँ नेपालको पहिलो महिला सामाजिक अभियन्ताका रुपमा स्थापित हुनुभएको छ।
२. सत्य र धार्मिक सहिष्णुता स्थापित गर्नका लागि ऐतिहासिक जलसमाधि अर्पण: राणाशासन को अन्याय र अत्याचार सहन गर्न नसकी भित्रभित्रै योजना बनाइ राणा शासनको बिरुद्वमा बि. सं. १९९८ असार २२ गते हरिशयनी एकादशीका दिन योगमाया न्यौपानेको नेतृत्वमा ६८ जना योद्वाहरुले अरुण नदिमा एकैसाथ जलसमाधि लिएर विश्व चकित पार्नुभएको थियो। यो विश्व इतिहासमै सामाजिक न्याय, सत्त्य र अहिंसात्मक प्रतिरोधको अभूतपूर्व सर्वोच्च बलिदान स्थापित भएको छ।
३. समाजसुधार र 'धर्मराज्य' को परिकल्पना आफैंमा महत्त्वपूर्ण कदम: तत्कालीन राणा शासकहरुको सामु सूसासन, भ्रष्टाचार उन्मुलन, सत्य, दया र न्यायमा आधारित "धर्मराज्य" स्थापनाको लागि २४ सुत्रीय माग राखेर जहांनियां शासनलाई चुनौती दिनुभएको थियो, जुन आजभोलिको लोकतान्त्रिक मूल्य मान्यतासंग जोडिएको छ ।
४. मौलिक साहित्य (सर्वार्थ योगवाणी) मार्फत जगाउनुभएको सामाजिक चेतना:- योगमाया न्यौपानेका लोककाव्य र "सर्वार्थयोग वाणी" कविताहरुको माध्यमबाट सामाजिक जागरण, कुरीतिबिरुद्वको प्रहार र मौलिक महिला चेतना जागृत गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। वहाँ लाई पहिलो महिला जन कवयित्री भनेर पनि चिनिन्छ ।
१. योगमाया न्यौपानेको परिचय र वहाँको योगदानको बारेमा कक्षा ११ को पाठ्यपुस्तकमा राखिएको छ ।
२. योगमाया न्यौपानेको अभियान समेटिएको तीनवटा महाकाव्य प्रकाशित गरिएको छ।
३. वहाँको योगदान बारेमा विभिन्न विद्वानहरुद्वारा लिखित ३० वटा भन्दा बढी पुस्तकहरु प्रकाशित गरिएकोछ।
४. डा. दिपेश न्यौपानेज्यूले "अमरज्योति योगमाया" बिषयमा विद्यावारिधि गर्नुभएको छ ।
५. बिद्वान उपन्यासकार निहारिका कार्कीज्यूले योगमाया न्यौपानेको जीवनीमा आधारित "योगमाया" उपन्यास लेख्नुभएको र सो उपन्यासको सर्वोत्कृष्ट मुल्यांकन भइ मदन पुरस्कार, २०७४ समेत प्राप्त भएको थियो। ।
६. राष्ट्रिय महिला आयोगका माननीय सदस्य कृष्ण कुमारी पौडेलज्यूले "समानताको खाल्डामा असमानताको खोजी" भन्ने खोज संग्रह प्रकाशित गर्नुभएकोछ।

१. नेपाल सरकारले रु. १० को योगमाया न्यौपानेको चित्र अंकित हुलाक टिकट प्रकाशित गरेकोछ ।
२. योगमाया न्यौपानेको भोजपुर बजारमा एक सालिक, जन्मभूमि भोजपुरकै गौडेनीमा दुई सालिक, बिराटनगरमा एक सालिक र झापा सुरुङ्गामा एक सालिक स्थापना भैसकेको छ।
३. नेपाल सरकारले स्वीकृत गरेको गुरु योजना भित्रको राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामति स्मारक क्षेत्रमा योगमाया न्यौपानेको सालिक स्थापना सहित अन्तर्राष्ट्रिय स्तरको योग, ध्यान केन्द्र स्थापना गर्ने कार्य भैरहेकोछ।
४. नेपाल सरकारले शंखुवासभा जिल्लामा योगमाया न्यौपानेको योगदानको कदर गर्दै "योगमाया हिमालयन् आयुर्वेदिक विश्वविद्यालय" स्थापना गरेकोछ ।
५. राष्ट्रिय महिला आयोगको निर्णय बमोजिम कोशी प्रदेश सरकारले प्रदेशस्तरीय योगमाया विश्वविद्यालय स्थापना गर्न स्वीकृति दिई सो सम्बन्धमा कार्य अघि बढिरहेको जानकारी प्राप्त भएकोछ।
६. पर्यटन, संस्कृति तथा नागरिक उड्ययन मन्त्रालयले २०७८ सालदेखि हरेक बर्ष रु. १ लाख राशिको योगमाया पुरस्कार स्थापना गरी बितरण गर्दै आइरहेकोछ।
७. राष्ट्रिय महिला आयोगले २०७८ साल देखि हरेक बर्षको असार २२ गते योगमाया दिवस मनाउदै आएकोछ।
८. न्यौपाने बन्धु समाज, नेपाल र साहित्य स्रष्टाको संयुक्त कार्यक्रम अन्तर्गत असार २२ गते योगमाया दिवस मनाउदै आएको एवं रु. ५०/५० हजार रासीका दुई पुरस्कार साहित्यिक क्षेत्रका व्यक्तित्वहरुलाई प्रदान गर्दै आइरहेको छ ।
(घ) योगमाया न्यौपानेलाई मरोणापरान्त "राष्ट्रिय बिभूति" घोषणा गरी सम्मान गर्नुपर्ने:-
१. योगमाया न्यौपाने राष्ट्र र जनताको हितको लागि असाधारण, विशिष्ट र अतुलनीय योगदान पुर्याउने तथा देशको गौरव बढाउने व्यक्तित्व मात्र नभई राष्ट्रका लागि जीवन उत्सर्ग गर्ने, संस्कृति, कला, साहित्य र सामाजिक सुधारमा विशेष योगदान दिने महान व्यक्तिको रुपमा स्थापित हुनुभएकोले, तथा
२.योगमाया न्यौपानेलाई राष्ट्रिय बिभूति घोषणा गर्दा राष्ट्रको स्वाभिमान अभिवृद्वि हुने, वहाँको ऐतिहासिक कदमको उचित मूल्यांकन हुने र भावी पुस्तालाई सामाजिक न्याय, सत्त्य र समानताको मार्गमा हिंड्न उत्प्रेरणा मिल्ने भएकोले। तसर्थ राष्ट्रको लागि, समाजका सबै वर्गका लागि, जातीय विभेद अन्त्यका लागि एवं महिला मुक्तिका लागि योगमाया न्यौपानेको अतुलनीय योगदान रहेकोले वहाँको योगदानको उच्च मूल्यांकन गर्दै वहाँ जस्तो कर्मशील नारीलाई राष्ट्रिय बिभूति घोषणा गरी सम्मान गर्नको लागि सर्वत्र विषय उठान भैरहेको छ।
(श्रोत: विभिन्न पुस्तक तथा दस्ताबेजहरु)
(डा.गोपीकृष्ण न्यौपाने, न्यौपाने बन्धु समाज, नेपालका सह-अध्यक्ष हुनुहुन्छ ।)
अध्यक्ष/सम्पादक
हेमन क्षेत्री
प्रबन्ध निर्देशक
गणेश के.सी.
९७४३२५१५४२
प्रमुख कार्यकारी अधिकृत
मेहर सिंह के.सी.
९८५७०६१४१६
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
संवाददाता
बिनोद थापा
डब्लु बम रावल (९८४९९१६७०८)
जनसम्पर्क अधिकृत
अस्मिता भुसाल (९७६७६३३८१५)
क्यामेरा पर्शन
शिशिर कार्की (9813901361)
व्यवस्थापक
आविष्कार खत्री
लुम्बिनी व्युरो
अनिल कुमार चौधरी (९८६७४४७१०६)
आइटी शाखा
रमेश ज्ञवाली
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
लुम्बिनी गणेश मिडिया प्रा.लि.
का.म.पा.–२९, मैतिदेबी, काठमाडौं ।
फोन : 984-3497533
ईमेल : thelumbini2080@gmail.com
सूचना विभाग द.प्र.प.नं. : ४९६६–०८१/०८२
दर्ता मिति : २०८१/१२/११
प्रेस काउन्सिल नेपाल अनलाइन सञ्चार माध्यम सूचिकरण प्रमाणपत्र नं. ४९७३–०८१/०८२
दर्ता मिति : २०८२/०२/०४
about-us
© 2026 All right reserved to thelumbini.com | Site By : Sobij