काठमाडौं : निर्देशक तथा अभिनेत्री निता ढुंगाना अधिकारीको निर्देशनमा बन्ने नयाँ फिल्म ‘पार्वती’ मा लोकप्रिय अभिनेत्री दीपाश्री निरौलाको इन्ट्री भएको छ। निर्माणको तयारीमा रहेको फिल्मका लागि मंगलबार दीपाश्रीसँग औपचारिक कागजी सम्झौता गरिएको हो।
फिल्म ‘पार्वती’ की निर्देशक तथा प्रमुख अभिनेत्री निता ढुंगानाले दीपाश्रीसँग विगतदेखि छलफल हुँदै आएको बताउँदै अन्ततः फाइनल सम्झौता भएको जानकारी दिइन्। “हामीबीच पहिल्यै कुराकानी भएको थियो, आजचाहिँ कागजी रूपमा फाइनल भयो,” निताले भनिन्, “मेरो प्रोजेक्टमा दिदी हुनु मेरो लागि ठूलो कुरा हो।”
दीपाश्रीले फिल्ममा अनुबन्ध भएपछि १२ वर्षअघि नितासँगको सहकार्यलाई सम्झिइन्। “२०७० सालमा ‘छ एकान छ’ मा हामीलाई सघाएकी थिइन् निताले, अहिले १२ वर्षपछि मलाई ‘पार्वती’ मा लिड रोलमा अनुबन्ध गर्नु भनेको खोला फर्कियो जस्तै लाग्यो,” उनले भनिन्, “साउन महिनामा शिव–पार्वतीसँग जोडिएको फिल्ममा अभिनयको मौका पाउनु मेरा लागि खास छ।”
दीपाश्री नेपाल फिल्म उद्योगकी सफल अभिनेत्री र निर्देशक हुन्। ‘छक्कापञ्जा’ फ्रेन्चाइज लगायतका फिल्म निर्देशन गरेर उनले व्यावसायिक सफलता हात पारेकी छिन्। उनको सहभागिताले ‘पार्वती’ लाई थप अर्थपूर्ण बनाएको निर्माण टिमको विश्वास छ।
यसअघि, फिल्ममा चर्चित नृत्य समूह ‘कार्टुन्ज क्रू’ का सरोज अधिकारीलाई सह–निर्देशकको रूपमा अनुबन्ध गरिएको थियो। फिल्मको छायांकन आउँदो असोजदेखि सुरु हुने छ भने प्रदर्शन माघ १ गतेका लागि तय गरिएको छ।
‘पार्वती’ मा दीपाश्री र नीताबाहेक अन्य कलाकारहरूको नाम भने निर्माण टिमले खुलाएको छैन। निर्देशक निताका अनुसार कलाकार तथा प्राविधिक टोलीबारे जानकारी क्रमशः सार्वजनिक गरिनेछ।
फिल्मको कथा निता ढुंगानाले लेखेकी हुन् भने पटकथा र संवाद शिवम् अधिकारीले तयार पारेका छन्। छायांकन भारतीय छायाँकारद्वय कविर लाल र शाहिद लालले गर्नेछन्।
निर्माण पक्षमा सावित्रा अधिकारी, नरहरि अधिकारी र पवन ढुंगानाको लगानी रहेको छ। निताले यसअघि ‘ह्रस्वदीर्घ’ नामक फिल्म निर्माण गरेकी थिइन्। यसपटक उनी ‘पार्वती’ र ‘सुखदुःख’ फिल्ममार्फत निर्देशनमा पाइला टेक्दै छिन्।
वितरणको जिम्मा काठमाडौं उपत्यकाभित्र रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट ले लिएका छन् भने उपत्यकाबाहिर एफडी कम्पनी ले फिल्म वितरण गर्नेछ।
फिल्मका दुई पोस्टर हालै सार्वजनिक भइसकेका छन्, जसका साथ प्रदर्शन मितिको घोषणा पनि गरिएको छ।
अध्यक्ष/सम्पादक
हेमन क्षेत्री
प्रबन्ध निर्देशक
गणेश के.सी.
९७४३२५१५४२
प्रमुख कार्यकारी अधिकृत
मेहर सिंह के.सी.
९८५७०६१४१६
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
संवाददाता
बिनोद थापा
डब्लु बम रावल (९८४९९१६७०८)
जनसम्पर्क अधिकृत
अस्मिता भुसाल (९७६७६३३८१५)
क्यामेरा पर्शन
शिशिर कार्की (9813901361)
व्यवस्थापक
आविष्कार खत्री
लुम्बिनी व्युरो
अनिल कुमार चौधरी (९८६७४४७१०६)
आइटी शाखा
रमेश ज्ञवाली
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
लुम्बिनी गणेश मिडिया प्रा.लि.
का.म.पा.–२९, मैतिदेबी, काठमाडौं ।
फोन : 984-3497533
ईमेल : thelumbini2080@gmail.com
सूचना विभाग द.प्र.प.नं. : ४९६६–०८१/०८२
दर्ता मिति : २०८१/१२/११
प्रेस काउन्सिल नेपाल अनलाइन सञ्चार माध्यम सूचिकरण प्रमाणपत्र नं. ४९७३–०८१/०८२
दर्ता मिति : २०८२/०२/०४
about-us
© 2026 All right reserved to thelumbini.com | Site By : Sobij