काठमाडौँ : माध्यमिक शिक्षा परीक्षा (एसईई) को आगामी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीको संख्या उल्लेखनीय रूपमा घटेको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार, परीक्षामा सहभागी हुने योग्यता पुगेका विद्यार्थीमध्ये झन्डै २० प्रतिशतले फाराम नै भरेनन्।
बोर्डका अनुसार, यस वर्ष असार १३ गते सार्वजनिक भएको एसईई नतिजामा कुल १ लाख ६७ हजार ५९७ जना विद्यार्थी अनुत्तीर्ण (नन ग्रेडेड) भएका थिए। तर, ग्रेड वृद्धि परीक्षाका लागि मात्र १ लाख ४२ हजार ८५३ जनाले आवेदन दिएका छन्।
साउन २९ देखि परीक्षा सुरु
राष्ट्रिय परीक्षा बोर्डले साउन २९ गतेदेखि देशभर ४६९ परीक्षा केन्द्रमा ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने तयारी पूरा गरेको छ। पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ।
सामान्य धारतर्फको परीक्षा भदौ ४ गतेसम्म सञ्चालन हुनेछ भने प्राविधिक धारका विषयको परीक्षा भदौ ६ गते सम्पन्न हुनेछ।
बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) टुकराज अधिकारीका अनुसार, फाराम भरेका सबै विद्यार्थी परीक्षामा सहभागी नहुन सक्ने अघिल्ला वर्षहरूको अनुभव रहेको छ।
नतिजा दसैँअघि सार्वजनिक गर्ने तयारी
यसै शैक्षिक सत्रमै कक्षा ११ मा भर्ना हुने अवसर सुनिश्चित गर्नका लागि बोर्डले ग्रेड वृद्धि परीक्षाको नतिजा दसैँअघि नै सार्वजनिक गर्ने गरी तयारी गरिरहेको छ।
रिटोटलिङमा ८६० जनाको नतिजा परिवर्तन
एसईईको नतिजापछि चित्त नबुझेका २७ हजार ३१५ जना विद्यार्थीले पुनर्योग (रिटोटलिङ) का लागि निवेदन दिएका थिए। परीक्षा नियन्त्रक अधिकारीका अनुसार, पाँच चरणमा पुनर्योगको नतिजा सार्वजनिक गर्दा ८६० जनाको प्राप्ताङ्कमा परिवर्तन आएको छ।
परिणाममा सुधार भएर केही विद्यार्थीको ग्रेडसमेत बढेको र कतिपयले चार जिपिएसम्म प्राप्त गरेको बोर्डले जनाएको छ।
गत असार १३ मा सार्वजनिक नतिजा अनुसार कुल ४ लाख ३८ हजार ८९६ विद्यार्थीमध्ये २ लाख ७१ हजार २९९ जना (६१.८१%) मात्र उत्तीर्ण भएका थिए भने बाँकी १ लाख ६७ हजार ५९७ जना अनुत्तीर्ण भएका थिए।
अध्यक्ष/सम्पादक
हेमन क्षेत्री
प्रबन्ध निर्देशक
गणेश के.सी.
९७४३२५१५४२
प्रमुख कार्यकारी अधिकृत
मेहर सिंह के.सी.
९८५७०६१४१६
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
संवाददाता
बिनोद थापा
डब्लु बम रावल (९८४९९१६७०८)
जनसम्पर्क अधिकृत
अस्मिता भुसाल (९७६७६३३८१५)
क्यामेरा पर्शन
शिशिर कार्की (9813901361)
व्यवस्थापक
आविष्कार खत्री
लुम्बिनी व्युरो
अनिल कुमार चौधरी (९८६७४४७१०६)
आइटी शाखा
रमेश ज्ञवाली
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
लुम्बिनी गणेश मिडिया प्रा.लि.
का.म.पा.–२९, मैतिदेबी, काठमाडौं ।
फोन : 984-3497533
ईमेल : thelumbini2080@gmail.com
सूचना विभाग द.प्र.प.नं. : ४९६६–०८१/०८२
दर्ता मिति : २०८१/१२/११
प्रेस काउन्सिल नेपाल अनलाइन सञ्चार माध्यम सूचिकरण प्रमाणपत्र नं. ४९७३–०८१/०८२
दर्ता मिति : २०८२/०२/०४
about-us
© 2026 All right reserved to thelumbini.com | Site By : Sobij