काठमाडौं । नवलपुर उद्योग वाणिज्य संघको यही चैत १८ गते हुने कार्यसमिति निर्वाचनमा विवाद उत्पन्न भएको छ । निर्वाचन प्रक्रियाको सुरुवातमै विवाद सुरु भएको संघ स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार उम्मेद्वारी दर्ता र दाबी–विरोध सम्बन्धी प्रक्रिया निर्वाचन समितिको निर्णयका कारण विवाद सुरु भएको हो ।
प्राप्त समाचार अनुसार विधान विपरीत बक्यौता रहेका व्यक्तिहरूको समेत उम्मेद्वारी स्वीकृत गरी अन्तिम नामावली सार्वजनिक गरिएपछि विवाद सुरु भएको हो ।
उम्मेद्वारी दर्ता र दाबी–विरोध सम्बन्धी प्रक्रियामा उचित छानबिन नभएसम्म चुनावी प्रक्रिया अघि बढ्न नसक्ने उक्त स्रोतले दाबी गरेको छ ।
भोली चैत्र १८ गते हुने भनिएको निर्वाचनमा दुई समूहबीच प्रतिस्पर्धा हुदैछ ।
उक्त विवादित विषयलाई लिएर सदस्यहरुका तर्फबाट नवलपुर उद्योग वाणिज्य संघको निर्वाचन समिति र जिल्ला प्रशासन कार्यालय कावासोतीलाई ज्ञापन–पत्र बुझाउने तयारी समेत गरेको बुझिएको छ । ज्ञापनपत्र बुझाउने सदस्यहरुको समूहले निर्वाचन नहुँदै विवादित विषय प्रवेश गराउने निर्वाचन समितिले 'निष्पक्ष र धाँधलीरहित निर्वाचन' गराउन सक्नेमा विश्वास गर्न कठिन हुने निष्कर्ष निकालेको स्रोतले बताएको छ ।
सम्बन्धित पक्षले विवादित विषयहरूको वैधानिक रूपमा निरुपण नभएसम्म निर्वाचनका सम्पूर्ण गतिविधि स्थगित गर्न माग गर्ने तयारी पनि ती सदस्यहरुले गर्ने बताइएको छ । साथै समितिसँग विवादित विषयको छानबिन, छलफल र सहमतिका आधारमा मात्रै निर्वाचन प्रक्रिया अगाडि बढाउन आग्रह गरिने भएको छ ।
अध्यक्ष/सम्पादक
हेमन क्षेत्री
प्रबन्ध निर्देशक
गणेश के.सी.
९७४३२५१५४२
प्रमुख कार्यकारी अधिकृत
मेहर सिंह के.सी.
९८५७०६१४१६
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
संवाददाता
बिनोद थापा
डब्लु बम रावल (९८४९९१६७०८)
जनसम्पर्क अधिकृत
अस्मिता भुसाल (९७६७६३३८१५)
क्यामेरा पर्शन
शिशिर कार्की (9813901361)
व्यवस्थापक
आविष्कार खत्री
लुम्बिनी व्युरो
अनिल कुमार चौधरी (९८६७४४७१०६)
आइटी शाखा
रमेश ज्ञवाली
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
लुम्बिनी गणेश मिडिया प्रा.लि.
का.म.पा.–२९, मैतिदेबी, काठमाडौं ।
फोन : 984-3497533
ईमेल : thelumbini2080@gmail.com
सूचना विभाग द.प्र.प.नं. : ४९६६–०८१/०८२
दर्ता मिति : २०८१/१२/११
प्रेस काउन्सिल नेपाल अनलाइन सञ्चार माध्यम सूचिकरण प्रमाणपत्र नं. ४९७३–०८१/०८२
दर्ता मिति : २०८२/०२/०४
about-us
© 2026 All right reserved to thelumbini.com | Site By : Sobij