Oct 08 2026 | २०८३, आश्विन २२ गते

Oct 08 2026 | २०८३, आश्विन २२ गते

महिला उद्यमी माथि हिंसा गर्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिनियर डेपुटी सीईओ ढकाललाई बैंककै संरक्षण !

पिडकलाई बैंकको उच्च पदमा राखिराखेको विषयले अहिले बैंकसमेतलाई आलोचित बनाउन थालिएको छ

काठमाडौं । ऋणी महिलालाई अनैतिक हिंसा गर्ने नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकका डेपुटी सिनियर डेपुटी सीईओ महेश शर्मा ढकाललाई कारवाही नभएको विषय अहिले चर्चा हुन थालेको छ ।

हिंसा भएको लामो समय वितिसक्दा पनि कुनै पनि निकायबाट कारवाही नभएपछि वित्तीय क्षेत्रकै यो संवेदनशील विषय पुनः चर्चामा आएको हो । बैंकका सिनियर डिसीईओ ढकाल विरुद्ध एक महिला उद्यमीले राष्ट्रिय महिला आयोगमा उजुरी दिएकी थिइन् । महिला आयोगसँग मात्र सम्बन्धित नभएको भन्दै आयोगले जिल्ला प्रशासन कार्यालयमा समेत उजुरी दिन ती पीडित महिला उद्यमीलाई सुझाएको थियो ।

चार करोड रुपैयाँ कर्जा स्विकृत गर्ने आश्वास दिएर ढकालले बैंकको ऋणी समेत रहेकी ती महिला उद्यमीलाई कार्यकक्षमै बोलाएर अभद्र व्यवहार गरेको आरोप लगाएकी थिइन् । ३ वटा कम्पनीकी संचालक समेत रहेकी ती महिला उद्यमीको कम्पनीले बैंकसँग ३५ करोड रुपैयाँ भन्दा बढीको कारोबार गरेको बताउँदै आएकी थिइन् ।

‘निजको विश्वासमा परि मिति २०७९ चैत्र २९ गतेको दिन अन्दाजी २ बजेको समयमा निजको कार्यकक्षमा जाँदा तपाईंको कर्जा अब चाँडै स्विकृत हुँदैछ । त्यसको लागि िमैले भनेको काम गर्नुपर्छ भनी म बसेको ठाउँमा नजिक आइ गलत मनसायले अभद्र व्यावहार गरेकोले किन यस्तो प्रकारको कार्य गर्न खोज्नु भएको हो । यस्तो कार्य नगर्नुस् । तपाईं जस्तो अहोदामा बसेको व्यक्तिले अनैतिक व्यवहार गर्न मिल्दैन भन्दा मैले भनेको नमानेमा जे पनि हुन सक्छ भनि धम्कीपूर्ण भाषा प्रयोग गरी गाली गलौच समेत गरि अभद्र व्यावहार गरेको हुँदा विपक्षी महेश शर्मा ढकाललाई पक्राउ जरि कानुनी कारबाही गरि हदैसम्मको सजायँ समेत गरि पाउँन सम्बन्धि निकायमा निर्देशन गरि पाउँ ।, उजुरीमा उनले भनेकी थिइन् ।

ढकाल माथि परेको उजुरीको विषयमा दियोपोष्ट, नेपाल फेसलगायतका अनलाइनहरुले महत्वका साथ प्रशारित गरेका थिए । केही अनलाइनमा भने ढकालले आफूमाथि परेको उजुरी उपर अनुसन्धानमा सघाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

मेगा बैंक र नेपाल ईन्भेष्टमेन्ट बैंक मर्ज भएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा ढकालको एक पद घटुवा भएर डिसीईओ भएका थिए । तर अहिले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले उनलाई कारवाहीको सट्टा उल्टै बढुवा गरेर सिनियर डिसिईओ बनाएर राखेको छ । यस विषयमा बैंकका सेयरधनीहरुले पनि गम्भीर चासो राखेका छन् । कारवाही गर्नुपर्ने उल्टै ढकाललाई प्रमोशन गरिदिएर बैंकले पुरस्कृत गरेको आरोप सेयरधनीले लगाएका छन् । यस्ता व्यक्तिलाई बैंकले संरक्षण दिएर राख्नु बैंकका सेयरधनीहरुलाई समेत अपमान गरेको सेयरधनीहरुले अनुभव गरेका छन् ।

यदी बैंकका सिनियर डिसिईओ ढकालले यस्तो गल्ती गरेको भए ‘अक्षम्य’ गल्ती भएको कानुनविद् बताउँछन् । ‘कुन–कुन निकायले कारवाही गरे मलाई थाहा भएन तर, यस्तो गल्ती वित्तीय क्षेत्रजस्तो संवेदनशील क्षेत्रमा ठूलै गल्ती हो ।’ वित्तीय क्षेत्र सल्लाहकारको भूमिका समेत निर्वाह गसिकेका एकजना कानुनविद् भन्छन्‌– ‘यस्तो विवादित व्यक्तिलाई उच्च पदमा कार्यरत बैंकले उनलाई कसरी स्वीकारेको छ, आश्चर्यको विषय हुन्‌सक्छ ।’

उजुरीको केही अंश

‘मैले ३ वटा कम्पनी संचालन गर्दैआएको छु । यी तीनै कम्पनीले इन्भेष्टमेन्ट बैंकबाट कारोबार गर्दैआएका छन् । व्यवसायकै क्रममा साविक इन्भेष्टमेन्ट बैंकसँग मेरो करीब ६५ करोड बराबरको कारोबार रहेको छ । मैले संचालन गरी आएको कम्पनीको कारोबार लगायत मेरो कर्जा नियमित गर्दै आएको छु । नेपाल इन्भेष्टमेन्ट बैंक लि. बाट पहिलो पटक रु ८ करोड ७८ लाख ९५ हजार सामान निर्यात गर्ने प्रयोजनको लागि र सो पश्चात् ४ करोड स्थिर सम्पति खरिद लगानी गर्ने प्रयोजनका लागि ऋण स्वीकृत भएको थियो । उक्त ऋण स्वीकृत भएपश्चात् नेपाल इन्भेष्टमेन्ट बैंक र मेघा बैंक मर्जरको प्रक्रियामा रहेको कारणबाट कर्जा प्रवाह भएको थिएन । उल्लेखित दुबै बैंकहरु एक आपसमा मर्ज भए पश्चात् महेश शर्मा ढकाल नेपाल इन्भेष्टमेण्ट मेघा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ ) भएर आउनुभयो । त्यसपछि उनलाई सम्पर्क गरी भएको व्यहोरा अवगत गराउने विचार राखी ढकाललाई भेट्न उनको कार्यकक्षमा गएँ । कार्यकक्षमा प्रवेश गरेपछि उनले ‘तपाई मसँग सम्पर्कमा रहिरहनुहोला भनी आश्वासन दिएको हुँदा ढकालको विश्वासमा परी २०७९ चैत २९ गते अन्दाजी २ बजेको समयमा फेरि उनलाई भेट्न गएँ । उनले ‘तपाईंको कर्जा चाँडै स्वीकृत हुँदैछ । त्यसका लागि मैले भनेको काम गर्नुपर्दछ भनी म बसेको ठाँउमा नजिक आई गलत मनसायले अभद्र व्यवहार गरेकाले किन यस्तो प्रकारको कार्य गर्न खोज्नुभएको हो । यस्तो गलत कार्य नगर्नुहोस् तपाई जस्तो ओहदामा बसेको व्यक्तिले अनैतिक व्यवहार गर्न मिल्दैन भने । त्यसपछि उनले भने–‘मैले भनेको नमानेमा तिम्रो काम हुँदैन, हामीसँग सम्पर्क नबढाएमा अर्थात् हामीले बोलाएको स्थानमा नआई हामीले भनेको नमानेमा जे पनि हुन सक्छ भन्ने धम्कीपूर्ण भाषा प्रयोग गालीगाली गलौज समेत गरी अभद्र व्यवहार गरे । बैंकमा ऋणका लागि जाने म जस्तो उद्यमी महिलालाई यस्तो ब्यवहार गर्ने ढकाललाई पक्राउ गरी कानूनी बमोजिम कारबाही गरी हदैसम्मको सजाय समेत गरी पाउन सम्बन्धित निकायमा जो चाहिने आवश्यक निर्देशन जारी गरी पाउँ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार