Oct 09 2026 | २०८३, आश्विन २३ गते

Oct 09 2026 | २०८३, आश्विन २३ गते

विदेश पठाइदिने भन्दै ठगी गर्ने ६९ कन्सलटेन्सीका सञ्चालक पक्राउ

काठमाडौं । विदेशमा उच्च शिक्षा अध्ययनका लागि पठाइदिने भन्दै ठगी गरेको आरोपमा ६९ वटा कन्सलटेन्सीका सञ्चालक पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्राप्त उजुरीका आधारमा शुक्रबार विभिन्न कन्सलटेन्सीमा छापा मारेर सञ्चालकहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार ९५ वटा कन्सलटेन्सीमा खटिएको टोलीले ६९ वटा कन्सलटेन्सीका सञ्चालकलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।

अनुसन्धानका क्रममा ती कन्सलटेन्सीहरूले आवश्यक प्रक्रिया पूरा नगरी, दर्ता नवीकरण नगरी तथा इजाजतपत्र बिना नै शैक्षिक परामर्श सेवा सञ्चालन गरेको पाइएको प्रहरीले जनाएको छ।

त्यस्तै, केही कन्सलटेन्सीले पूर्वतयारी कक्षा, भाषा शिक्षण तथा वैदेशिक अध्ययनसम्बन्धी अन्य सेवा पनि गैरकानुनी रूपमा सञ्चालन गर्दै आएको खुलासा भएको छ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार