काठमाडौँ । यातायात व्यवस्था विभागले देशभर सार्वजनिक सवारी साधनको नयाँ दर्तामा रोक लगाएको छ । सडकमा बढ्दो सवारी चाप, प्रदूषण र ट्राफिक जामलाई नियन्त्रण गर्ने उद्देश्यले विभागले यस्तो निर्णय गरेको जनाएको छ ।
विभागले जेठ ७ गते सातवटै प्रदेशका सम्बन्धित मन्त्रालय तथा देशभरका सबै स्थानीय तहलाई परिपत्र गर्दै अर्को सूचना जारी नभएसम्म सार्वजनिक सवारी साधनको नयाँ दर्ता नगर्न निर्देशन दिएको हो ।
यो निर्णयसँगै अब देशभर कुनै पनि नयाँ सार्वजनिक सवारी साधन दर्ता गर्न पाइने छैन । विभागका अनुसार यो व्यवस्था इन्धनबाट चल्ने सवारीमा मात्र नभई विद्युतीय सार्वजनिक सवारी साधनमा समेत लागू हुनेछ ।
विभागले देशको सडक क्षमता, इन्धन खपत, प्रदूषणको अवस्था, यात्रु चाप तथा लगानी जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जनाएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २४ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गर्दै नयाँ दर्तामा रोक लगाइएको विभागको भनाइ छ ।
विभागको यो निर्णयले सार्वजनिक यातायात क्षेत्र, व्यवसायी तथा विद्युतीय सवारी प्रवर्द्धनमा कस्तो असर पार्ने भन्ने विषयमा अहिले विभिन्न बहस सुरु भएको छ ।
अध्यक्ष/सम्पादक
हेमन क्षेत्री
प्रबन्ध निर्देशक
गणेश के.सी.
९७४३२५१५४२
प्रमुख कार्यकारी अधिकृत
मेहर सिंह के.सी.
९८५७०६१४१६
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
संवाददाता
बिनोद थापा
डब्लु बम रावल (९८४९९१६७०८)
जनसम्पर्क अधिकृत
अस्मिता भुसाल (९७६७६३३८१५)
क्यामेरा पर्शन
शिशिर कार्की (9813901361)
व्यवस्थापक
आविष्कार खत्री
लुम्बिनी व्युरो
अनिल कुमार चौधरी (९८६७४४७१०६)
आइटी शाखा
रमेश ज्ञवाली
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
लुम्बिनी गणेश मिडिया प्रा.लि.
का.म.पा.–२९, मैतिदेबी, काठमाडौं ।
फोन : 984-3497533
ईमेल : thelumbini2080@gmail.com
सूचना विभाग द.प्र.प.नं. : ४९६६–०८१/०८२
दर्ता मिति : २०८१/१२/११
प्रेस काउन्सिल नेपाल अनलाइन सञ्चार माध्यम सूचिकरण प्रमाणपत्र नं. ४९७३–०८१/०८२
दर्ता मिति : २०८२/०२/०४
about-us
© 2026 All right reserved to thelumbini.com | Site By : Sobij