काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्ले ले आय–व्ययको अनुमान प्रस्तुत गर्दै बजेट घोषणा गरेका हुन्।
कुल बजेटमध्ये चालूतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ, पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।
सरकारले बजेट व्यवस्थापनका लागि राजस्वबाट १४ खर्ब ५ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ। त्यस्तै वैदेशिक ऋणबाट २ खर्ब ४७ अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड रुपैयाँ तथा आन्तरिक ऋणबाट ४ खर्ब १० अर्ब रुपैयाँ जुटाइने योजना सार्वजनिक गरिएको छ।
यो बजेट चालू आर्थिक वर्षको संशोधित अनुमानभन्दा करिब २५ प्रतिशतले ठूलो हो। चालू आर्थिक वर्ष २०८२/८३ का लागि तत्कालीन अर्थमन्त्री विष्णु प्रसाद पौडेल ले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएका थिए। तर अर्धवार्षिक समीक्षामार्फत त्यसको खर्च अनुमान घटाइएको थियो।
अर्थ मन्त्रालयका अनुसार चालू आवमा कुल विनियोजनको ८५.९६ प्रतिशत अर्थात् १६ खर्ब ८८ अर्ब ३२ करोड रुपैयाँ मात्रै खर्च हुने अनुमान गरिएको छ। उक्त संशोधित अनुमान तत्कालीन अर्थमन्त्री रामेश्वर खनाल ले सार्वजनिक गरेका थिए।
सरकारले आगामी आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने महत्वाकांक्षी लक्ष्य पनि तय गरेको छ। चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरिएको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले आगामी वर्ष विकासदर दोब्बरभन्दा बढी पुर्याउने लक्ष्य लिइएको बताए।
त्यसैगरी, आगामी वर्ष मुद्रास्फीति ६ प्रतिशतभन्दा कममा सीमित राख्ने लक्ष्य सरकारले अघि सारेको छ। आपूर्ति प्रणाली सुधार, उत्पादन वृद्धि तथा वित्तीय अनुशासनमार्फत मूल्य स्थायित्व कायम गरिने सरकारको नीति छ।
सरकारले पूर्वाधार, ऊर्जा, कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी विस्तारलाई प्राथमिकता दिएको जनाएको छ। अर्थ मन्त्रालयका अनुसार उच्च आर्थिक वृद्धि, मूल्य स्थायित्व र लगानीमैत्री वातावरणमार्फत अर्थतन्त्रलाई दिगो विकासको बाटोमा अघि बढाउने लक्ष्य लिइएको छ।
अध्यक्ष/सम्पादक
हेमन क्षेत्री
प्रबन्ध निर्देशक
गणेश के.सी.
९७४३२५१५४२
प्रमुख कार्यकारी अधिकृत
मेहर सिंह के.सी.
९८५७०६१४१६
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
संवाददाता
बिनोद थापा
डब्लु बम रावल (९८४९९१६७०८)
जनसम्पर्क अधिकृत
अस्मिता भुसाल (९७६७६३३८१५)
क्यामेरा पर्शन
शिशिर कार्की (9813901361)
व्यवस्थापक
आविष्कार खत्री
लुम्बिनी व्युरो
अनिल कुमार चौधरी (९८६७४४७१०६)
आइटी शाखा
रमेश ज्ञवाली
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
लुम्बिनी गणेश मिडिया प्रा.लि.
का.म.पा.–२९, मैतिदेबी, काठमाडौं ।
फोन : 984-3497533
ईमेल : thelumbini2080@gmail.com
सूचना विभाग द.प्र.प.नं. : ४९६६–०८१/०८२
दर्ता मिति : २०८१/१२/११
प्रेस काउन्सिल नेपाल अनलाइन सञ्चार माध्यम सूचिकरण प्रमाणपत्र नं. ४९७३–०८१/०८२
दर्ता मिति : २०८२/०२/०४
about-us
© 2026 All right reserved to thelumbini.com | Site By : Sobij