काठमाडौं । बलिउड अभिनेता आमिर खानले आफ्नी प्रेमिका गौरी स्प्राटसँग आगामी जुलाई ५ मा विवाह गर्ने पुष्टि गरेका छन्। यो विवाह आमिरको तेस्रो विवाह हुनेछ।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार, भेराइटी इन्डियासँगको कुराकानीमा आमिरले हाल आफू अमेरिका रहेको जानकारी दिँदै विवाहको समाचार सत्य भएको बताएका हुन्। उनले भने, “हामी जुलाई ५ मा विवाह गर्दैछौं।”
केही महिनाअघि मात्र आमिरले विवाह आफ्नो प्राथमिकतामा नरहेको र गौरीसँगको वर्तमान सम्बन्धमै सन्तुष्ट रहेको बताएका थिए। तर समयसँगै दुवैको सोच परिवर्तन भएको उनको भनाइ छ।
“अब हामी दुवैलाई लाग्छ कि हाम्रो सम्बन्धलाई अर्को तहमा लैजाने समय आएको छ,” आमिरले भने।
उनले आफू र गौरीबीचको सम्बन्ध निकै गहिरो र बलियो रहेको उल्लेख गर्दै भने, “मेरो हृदयमा म पहिले नै आफूलाई उनको पति मान्छु। अब यो सम्बन्धलाई विवाहको नाम दिनु हाम्रो लागि स्वाभाविक कदम हो।”
आमिरले पहिलो विवाह सन् १९८६ मा फिल्म निर्माता रीना दत्तासँग गरेका थिए। १६ वर्ष लामो वैवाहिक जीवनपछि उनीहरू सन् २००२ मा अलग भएका थिए। उनीहरूका दुई सन्तान जुनैद खान र इरा खान छन्।
रीनासँग सम्बन्ध विच्छेदपछि आमिरले निर्देशक किरण रावसँग सन् २००५ मा विवाह गरेका थिए। उनीहरूका छोरा आजाद छन्, जसको जन्म आइभीएफ प्रविधिमार्फत भएको थियो। १५ वर्षपछि सन् २०२१ मा उनीहरूले सम्बन्ध विच्छेदको घोषणा गरे पनि छोरा हुर्काउने तथा विभिन्न सामाजिक र फिल्म परियोजनामा सहकार्य गर्दै आएका छन्।
आमिरले आफ्नो ६०औँ जन्मदिनका अवसरमा सन् २०२५ मा गौरी स्प्राटसँगको सम्बन्ध सार्वजनिक गरेका थिए। गौरी बेंगलुरुकी सैलुन उद्यमी तथा फेसन व्यवसायी हुन्। उनी तमिल–ब्रिटिश र पंजाबी–आयरिश पारिवारिक पृष्ठभूमिबाट आएकी हुन्।
गौरीको पनि यसअघि विवाह भइसकेको थियो। उनका सात वर्षीय छोरा क्विन छन्। उनी विगत दुई वर्षदेखि छोरा सहित मुम्बईमा बस्दै आएकी छन्।
आमिर र गौरी एकअर्कालाई २५ वर्षभन्दा बढी समयदेखि चिन्छन्। डेटिङ सुरु गर्नुअघि उनीहरू घनिष्ठ मित्र थिए। सम्बन्ध सार्वजनिक भएपछि गौरी विभिन्न सार्वजनिक कार्यक्रम र अवसरहरूमा आमिरसँग देखिँदै आएकी छन्।
मे २०२६ मा नवभारत टाइम्ससँगको अन्तर्वार्तामा आमिरले गौरीसँगको सम्बन्धबारे खुल्दै भनेका थिए, “म धेरै भाग्यमानी छु कि मैले गौरीलाई भेट्टाएँ। उनी अद्भुत छिन् र म उनीसँग अपार शान्ति महसुस गर्छु। गौरी मेरो जीवनमा आएपछि मलाई लाग्छ, अब म पूर्ण भएको छु।”
अध्यक्ष/सम्पादक
हेमन क्षेत्री
प्रबन्ध निर्देशक
गणेश के.सी.
९७४३२५१५४२
प्रमुख कार्यकारी अधिकृत
मेहर सिंह के.सी.
९८५७०६१४१६
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
संवाददाता
बिनोद थापा
डब्लु बम रावल (९८४९९१६७०८)
जनसम्पर्क अधिकृत
अस्मिता भुसाल (९७६७६३३८१५)
क्यामेरा पर्शन
शिशिर कार्की (9813901361)
व्यवस्थापक
आविष्कार खत्री
लुम्बिनी व्युरो
अनिल कुमार चौधरी (९८६७४४७१०६)
आइटी शाखा
रमेश ज्ञवाली
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
लुम्बिनी गणेश मिडिया प्रा.लि.
का.म.पा.–२९, मैतिदेबी, काठमाडौं ।
फोन : 984-3497533
ईमेल : thelumbini2080@gmail.com
सूचना विभाग द.प्र.प.नं. : ४९६६–०८१/०८२
दर्ता मिति : २०८१/१२/११
प्रेस काउन्सिल नेपाल अनलाइन सञ्चार माध्यम सूचिकरण प्रमाणपत्र नं. ४९७३–०८१/०८२
दर्ता मिति : २०८२/०२/०४
about-us
© 2026 All right reserved to thelumbini.com | Site By : Sobij