काठमाडौं । वरिष्ठ अभिनेता तथा निर्देशक माओत्से गुरुङको निर्देशनमा निर्माण भएको बहुप्रतीक्षित नेपाली चलचित्र ‘पेन्सन पट्टा’को विदेश प्रदर्शन अधिकार बिक्री हुन थालेको छ। आगामी भदौ २६ गते हरितालिका तीजको अवसरमा प्रदर्शनमा आउन लागेको चलचित्रको बेलायत र हङकङ प्रदर्शन अधिकार आकर्षक मूल्यमा बिक्री भएको निर्माण पक्षले जनाएको छ।
चलचित्रका लेखक तथा निर्देशक माओत्से गुरुङका अनुसार कुनै पनि प्रचार सामग्री सार्वजनिक नहुँदै अन्तर्राष्ट्रिय बजारबाट सकारात्मक प्रतिक्रिया आउनु उत्साहजनक रहेको छ। बेलायतका लागि सपन इन्टरटेन्टमेन्ट लिमिटेड र हङकङका लागि मेन ड्रागन लिमिटेडले चलचित्रको प्रदर्शन अधिकार खरिद गरेका छन्।
निर्देशक गुरुङले अन्य केही देशबाट पनि प्रदर्शन अधिकार खरिदका प्रस्ताव आइरहेको जानकारी दिँदै ती सम्झौताहरू चाँडै टुंगो लाग्ने बताए।
‘पेन्सन पट्टा’ नामले भूतपूर्व लाहुरेको कथालाई संकेत गरे पनि चलचित्रको मुख्य विषयवस्तु लोभी स्वभावको एक युवक कसरी दानी र समाजप्रति जिम्मेवार व्यक्ति बन्छ भन्ने रहेको निर्देशक गुरुङले बताए।
माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा निर्देशक गुरुङ स्वयंको कथा र लगानी रहेको छ। गुरुङ नेपाली चलचित्र क्षेत्रका ‘गडफादर’का रूपमा समेत परिचित छन्।
चलचित्रमा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सनविक्रम राई, सोल गुरुङ, राज थापा काउछा, मनोज गुरुङ, अनुशा राई, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली लिम्बु, कुबिना गुरुङ, डिबी गुरुङ र प्रतिक्षा गुरुङलगायत कलाकारहरूको अभिनय रहेको छ।
विश्वास गुरुङ र माया गुरुङले यही चलचित्रमार्फत नेपाली रजतपटमा डेब्यु गरेका छन्।
चलचित्रमा मीन कोन्मे गुरुङ (यूके), भोजबहादुर गुरुङ (यूके), माया गुरुङ (हङकङ) र सपना गुरुङको लगानी रहेको छ। प्रोडक्सन म्यानेजरको जिम्मेवारी डिबी गुरुङले सम्हालेका छन्।
सुशन प्रजापतिले छायांकन गरेको चलचित्रमा सुरज तमु कास्टिङ निर्देशकका रूपमा रहेका छन् भने संगीत मनोज थापा मगर, शिव बराइली र सुरुङ गुरुङले दिएका छन्।
कियर कोइचले सम्पादन गरिरहेको चलचित्रका मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन्। चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी वितरण गर्नेछ।
अध्यक्ष/सम्पादक
हेमन क्षेत्री
प्रबन्ध निर्देशक
गणेश के.सी.
९७४३२५१५४२
प्रमुख कार्यकारी अधिकृत
मेहर सिंह के.सी.
९८५७०६१४१६
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
संवाददाता
बिनोद थापा
डब्लु बम रावल (९८४९९१६७०८)
जनसम्पर्क अधिकृत
अस्मिता भुसाल (९७६७६३३८१५)
क्यामेरा पर्शन
शिशिर कार्की (9813901361)
व्यवस्थापक
आविष्कार खत्री
लुम्बिनी व्युरो
अनिल कुमार चौधरी (९८६७४४७१०६)
आइटी शाखा
रमेश ज्ञवाली
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
लुम्बिनी गणेश मिडिया प्रा.लि.
का.म.पा.–२९, मैतिदेबी, काठमाडौं ।
फोन : 984-3497533
ईमेल : thelumbini2080@gmail.com
सूचना विभाग द.प्र.प.नं. : ४९६६–०८१/०८२
दर्ता मिति : २०८१/१२/११
प्रेस काउन्सिल नेपाल अनलाइन सञ्चार माध्यम सूचिकरण प्रमाणपत्र नं. ४९७३–०८१/०८२
दर्ता मिति : २०८२/०२/०४
about-us
© 2026 All right reserved to thelumbini.com | Site By : Sobij