Oct 09 2026 | २०८३, आश्विन २३ गते

Oct 09 2026 | २०८३, आश्विन २३ गते

अजिरकोट गाउँपालिकाको १९औँ गाउँसभा सम्पन्न, आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम पारित

गोरखा : गोरखाको अजिरकोट गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँसभाको १९औँ अधिवेशन सम्पन्न गरेको छ।

गाउँपालिकाको सभाहलमा आयोजित अधिवेशनमा गाउँपालिका अध्यक्ष दीपक देवकोटा, उपाध्यक्ष अनिता भुजेल, प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिका अन्तर्गतका पाँचवटै वडाका जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालाको उपस्थिति रहेको थियो।

Ajirkot Gaunsabha 2.jpg
undefined

अधिवेशनमा आगामी आर्थिक वर्षका लागि गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेटमाथि छलफल गरी आवश्यक निर्णयहरू गरिएको गाउँपालिकाले जनाएको छ।

कार्यक्रममा गाउँपालिकाको समग्र विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, रोजगार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको थियो।

गाउँपालिका नेतृत्वले आगामी आर्थिक वर्षमा स्थानीय आवश्यकताका आधारमा विकास निर्माणका कार्यक्रमलाई प्राथमिकता दिँदै सुशासन, पारदर्शिता र जनमुखी सेवा प्रवाहलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

Ajirkot Gaunsabha 1.jpg
undefined

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार