काठमाडौं : २०६९ सालमा खारेजीमा परेको हेटौँडा कपडा उद्योग १४ वर्षपछि पुनः सञ्चालनको तयारीमा पुगेको छ। सरकारले उद्योगलाई दीर्घकालीन रूपमा पुनर्जीवन दिने लक्ष्यसहित परीक्षण उत्पादनको प्रारम्भिक प्रक्रिया अघि बढाएको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार तत्काल परीक्षण उत्पादन सुरु गरी त्यसको नतिजाका आधारमा उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने रणनीतिसहितको अध्ययन प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई बुझाइएको छ।
उद्योग मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका प्रमुख रामबन्धु सुवेदीको संयोजकत्वमा गठित कार्यदलले उद्योगको स्थलगत अध्ययनपछि प्रतिवेदन तयार गरेको हो। प्रतिवेदनअनुसार नेपाली सेनाको प्राविधिक उत्पादन निर्देशनालयले उद्योगका मेसिन मर्मत गर्दै सानो स्केलमा उत्पादन परीक्षणको काम सुरु गरिसकेको छ।
उद्योगमन्त्री गौरीकुमारी यादवले राष्ट्रिय गौरवसँग जोडिएको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै कार्यदलको सुझावअनुसार निर्धारित समयमै परीक्षण उत्पादन सुरु गर्न आवश्यक समन्वय र सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
महाशाखा प्रमुख सुवेदीका अनुसार आगामी दुई महिनाभित्र उद्योगबाट परीक्षण उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ। परीक्षण सफल भएपछि विस्तृत सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी उद्योगलाई पूर्ण रूपमा सञ्चालन गर्ने विषयमा सरकारले आवश्यक निर्णय गर्नेछ।
सरकारको निर्देशनअनुसार नेपाली सेनाले उद्योग परिसरमा सरसफाइ, मेसिन मर्मत तथा परीक्षण उत्पादनका लागि आवश्यक कच्चा पदार्थ खरिदको कामलाई तीव्रता दिएको छ। अर्थ मन्त्रालयले उद्योग मन्त्रालयको प्रस्तावपछि असारको पहिलो सातामै सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयको खातामा प्रारम्भिक तयारीका लागि ३३ लाख रुपैयाँ बजेट निकासा गरिसकेको छ।
त्यसैगरी, उद्योगको भवन तथा पूर्वाधार मर्मतका लागि पूर्वाधार विकास मन्त्रालयले ५० लाख रुपैयाँको लागत अनुमान तयार गरी मर्मतको जिम्मेवारी लिएको छ। उद्योगभित्रको विद्युत् प्रणाली मर्मतको काम भने हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले सम्पन्न गरिसकेको मन्त्रालयले जनाएको छ।
प्रतिवेदनमा तत्काल पुराना मेसिन मर्मत गरेर परीक्षण उत्पादन सञ्चालन गर्ने र त्यसको परिणामका आधारमा डीपीआर तयार गरी आवश्यक कानुनी तथा नीतिगत निर्णयपछि उद्योगलाई दीर्घकालीन रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने योजना अघि बढाइने उल्लेख गरिएको छ।
अध्यक्ष/सम्पादक
हेमन क्षेत्री
प्रबन्ध निर्देशक
गणेश के.सी.
९७४३२५१५४२
प्रमुख कार्यकारी अधिकृत
मेहर सिंह के.सी.
९८५७०६१४१६
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
संवाददाता
बिनोद थापा
डब्लु बम रावल (९८४९९१६७०८)
जनसम्पर्क अधिकृत
अस्मिता भुसाल (९७६७६३३८१५)
क्यामेरा पर्शन
शिशिर कार्की (9813901361)
व्यवस्थापक
आविष्कार खत्री
लुम्बिनी व्युरो
अनिल कुमार चौधरी (९८६७४४७१०६)
आइटी शाखा
रमेश ज्ञवाली
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
लुम्बिनी गणेश मिडिया प्रा.लि.
का.म.पा.–२९, मैतिदेबी, काठमाडौं ।
फोन : 984-3497533
ईमेल : thelumbini2080@gmail.com
सूचना विभाग द.प्र.प.नं. : ४९६६–०८१/०८२
दर्ता मिति : २०८१/१२/११
प्रेस काउन्सिल नेपाल अनलाइन सञ्चार माध्यम सूचिकरण प्रमाणपत्र नं. ४९७३–०८१/०८२
दर्ता मिति : २०८२/०२/०४
about-us
© 2026 All right reserved to thelumbini.com | Site By : Sobij