Oct 09 2026 | २०८३, आश्विन २३ गते

Oct 09 2026 | २०८३, आश्विन २३ गते

कविता राउतको 'शिवजीलाई बर मागेको छु' तीज लक्षित गीत सार्वजानिक, यसपालीको तीजमा छमछमी नृत्य गर्न राउतको आग्रह

काठमाडौं । तिज पर्वको अवसरलाई लक्षित गर्दै निर्देशक साजन पराजुलीको निर्देशनमा तयार गरिएको कविता राउतको नयाँ तिज गीत ‘शिवजीलाई बर मागेको छु’ सार्वजनिक गरिएको छ।

गीतमा गायक खुमन अधिकारी र गायिका कविता राउतको स्वर रहेको छ। गीतको शब्द तथा संगीत निर्देशक साजन पराजुली स्वयंले तयार गरेका हुन् भने संगीत संयोजन नारायण दंगालले गरेका छन्।

मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको अडियो रेकर्डिङ खुमान राणा र सुमन राणाले गरेका हुन्। गीतको मिक्सिङ कुमार राणाले गरेका छन् भने अडियो–भिडियो निर्माणको जिम्मेवारी कविता राउत अधिकारीले सम्हालेकी छन्।

गीतको म्युजिक भिडियोमा दीपेन्द्र सोनम, पुकार थापा र आशिका कार्कीको अभिनय रहेको छ। भिडियोको कोरियोग्राफी खगेन्द्र गिरीले गरेका छन् भने छायांकन हरिश महरा, सम्पादन तथा कलर ग्रेडिङ राजेश कुमारले गरेका हुन्। पोस्ट–प्रोडक्सनको काम जनता डिजिटलले सम्पन्न गरेको छ।

निर्माण पक्षका अनुसार तिजको सांस्कृतिक महत्व, शिव–पार्वतीप्रतिको आस्था र नेपाली मौलिक परम्परालाई समेटेर तयार गरिएको यस गीतले तिजका अवसरमा दर्शक तथा श्रोतामाझ विशेष स्थान बनाउने अपेक्षा गरिएको छ।

यसपालीको तीज गीतमा यही गीतमा छमछमी नाच्न गायिका राउतले आग्रह गरिन् । योग प्रशिक्षक समेत रहेको राउतले समय सापेक्ष गीतहरु ल्याउने प्रतिबद्धता व्यक्त गरिन् । गायिका समेत रहेकी उनले योग नृत्यको लागि समेत गीत बनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार