उदयपुर। सरकारले तोकेको मूल्यभन्दा बढी रकम लिएर एलपी ग्यास बिक्री भइरहेको जनगुनासो आएपछि जिल्ला प्रशासन कार्यालय उदयपुरले स्थानीय व्यापारिक संघ–संगठनको ध्यानाकर्षण गराएको छ।
प्रति सिलिन्डर १४.२ किलोग्राम एलपी ग्यासको मूल्य नेपाल आयल निगमले २ हजार ६० रुपैयाँ तोकेको भए पनि उदयपुरमा २ हजार १ सय रुपैयाँ असुल गरिएको गुनासो प्राप्त भएपछि प्रशासनले आवश्यक सहजीकरणका लागि पत्राचार गरेको हो।
जिल्ला प्रशासन कार्यालयले त्रियुगा उद्योग वाणिज्य संघ गाईघाट र जिल्ला उद्योग वाणिज्य संघ गाईघाटलाई पत्र पठाउँदै तोकिएको मूल्यभन्दा बढी रकम लिइएको विषयमा कारण स्पष्ट पार्न तथा आवश्यक सहजीकरण गर्न आग्रह गरेको छ।
प्रशासनले पठाएको पत्रमा नेपाल आयल निगमले निर्धारण गरेको मूल्यभन्दा बढी रकम लिएर ग्यास बिक्री–वितरण भइरहेको भन्ने उजुरी प्राप्त भएकाले सो विषयमा आवश्यक पहल गर्न अनुरोध गरिएको उल्लेख छ।
यता, त्रियुगा उद्योग वाणिज्य संघले भने अतिरिक्त रकम मूल्यवृद्धिका लागि नभई ढुवानी खर्चका कारण जोडिएको जनाएको छ।
संघका वरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठका अनुसार नेपाल आयल निगमले निर्धारण गरेको मूल्य कम्पनी रहेको स्थानबाट ५० किलोमिटर दूरीसम्मका लागि मात्रै लागू हुन्छ। त्यसभन्दा टाढाको बजारसम्म ग्यास पुर्याउँदा लाग्ने ढुवानी खर्च जोड्दा प्रति सिलिन्डर करिब ४० रुपैयाँ थप पर्ने भएकाले २ हजार १ सय रुपैयाँ लिनुपर्ने अवस्था बनेको उनले बताए।
उदयपुरको सदरमुकाम गाईघाटमा नारायणी, कोशी, कामाख्य, सुपर, प्रिमा, नोबेल र रिजाल कम्पनीका एलपी ग्यास बिक्री–वितरण हुँदै आएका छन्।
जिल्ला उद्योग वाणिज्य संघ गाईघाटका महासचिव सुनिल साहका अनुसार उपभोक्ताबीच मूल्यमा भिन्नता नआओस् भन्ने उद्देश्यले सबै कम्पनीको ग्यास एउटै दरमा बिक्री गर्ने व्यवस्था मिलाइएको छ।
प्रशासनले प्राप्त गुनासोको आधारमा आवश्यक अनुगमन र समन्वय प्रक्रिया अघि बढाएको जनाएको छ।
अध्यक्ष/सम्पादक
हेमन क्षेत्री
प्रबन्ध निर्देशक
गणेश के.सी.
९७४३२५१५४२
प्रमुख कार्यकारी अधिकृत
मेहर सिंह के.सी.
९८५७०६१४१६
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
संवाददाता
बिनोद थापा
डब्लु बम रावल (९८४९९१६७०८)
जनसम्पर्क अधिकृत
अस्मिता भुसाल (९७६७६३३८१५)
क्यामेरा पर्शन
शिशिर कार्की (9813901361)
व्यवस्थापक
आविष्कार खत्री
लुम्बिनी व्युरो
अनिल कुमार चौधरी (९८६७४४७१०६)
आइटी शाखा
रमेश ज्ञवाली
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
लुम्बिनी गणेश मिडिया प्रा.लि.
का.म.पा.–२९, मैतिदेबी, काठमाडौं ।
फोन : 984-3497533
ईमेल : thelumbini2080@gmail.com
सूचना विभाग द.प्र.प.नं. : ४९६६–०८१/०८२
दर्ता मिति : २०८१/१२/११
प्रेस काउन्सिल नेपाल अनलाइन सञ्चार माध्यम सूचिकरण प्रमाणपत्र नं. ४९७३–०८१/०८२
दर्ता मिति : २०८२/०२/०४
about-us
© 2026 All right reserved to thelumbini.com | Site By : Sobij