काठमाडौं । ललितपुरको ग्वार्को फ्लाइओभरमा बिहीबार बिहान भएको बस दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। दुर्घटनामा घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार बिहान करिब १०:३० बजे कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा२ख ३५९० नम्बरको बस फ्लाइओभरमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा दोलखा सैलुङ गाउँपालिका घर भई हाल भक्तपुर सूर्यविनायक बस्दै आएकी ४० वर्षीया जेनिशा लामाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएकामध्ये रामेछापकी २३ वर्षीया सुन्निमा योन्जनको शरीरको भित्री भागमा गम्भीर चोट लागेको छ भने बसका सहचालक ६० वर्षीय कृष्णराम थापाको बायाँ खुट्टा भाँचिएको छ।
अन्य घाइतेहरूको टाउको, हात, खुट्टा तथा कम्मरमा चोट लागेको छ। अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइतेमध्ये १० जनाको उपचार बी एन्ड बी अस्पतालमा भइरहेको छ भने अन्य ९ जनाको ग्लोबल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनापछि बस चालक काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका–३ घर भई हाल भक्तपुर बस्दै आएका ३६ वर्षीय लक्षी तामाङलाई नियन्त्रणमा लिएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
अध्यक्ष/सम्पादक
हेमन क्षेत्री
प्रबन्ध निर्देशक
गणेश के.सी.
९७४३२५१५४२
प्रमुख कार्यकारी अधिकृत
मेहर सिंह के.सी.
९८५७०६१४१६
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
संवाददाता
बिनोद थापा
डब्लु बम रावल (९८४९९१६७०८)
जनसम्पर्क अधिकृत
अस्मिता भुसाल (९७६७६३३८१५)
क्यामेरा पर्शन
शिशिर कार्की (9813901361)
व्यवस्थापक
आविष्कार खत्री
लुम्बिनी व्युरो
अनिल कुमार चौधरी (९८६७४४७१०६)
आइटी शाखा
रमेश ज्ञवाली
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
लुम्बिनी गणेश मिडिया प्रा.लि.
का.म.पा.–२९, मैतिदेबी, काठमाडौं ।
फोन : 984-3497533
ईमेल : thelumbini2080@gmail.com
सूचना विभाग द.प्र.प.नं. : ४९६६–०८१/०८२
दर्ता मिति : २०८१/१२/११
प्रेस काउन्सिल नेपाल अनलाइन सञ्चार माध्यम सूचिकरण प्रमाणपत्र नं. ४९७३–०८१/०८२
दर्ता मिति : २०८२/०२/०४
about-us
© 2026 All right reserved to thelumbini.com | Site By : Sobij