काठमाडौं । सरकारी हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र नागरिकको घरदैलोसम्म पुग्ने ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने अभियानले गति लिएको छ।
सरकारी कागजात तथा सामग्री ढुवानीसँगै राहदानी, सवारीचालक अनुमतिपत्र (लाइसेन्स), शैक्षिक प्रमाणपत्रलगायत सामग्री नागरिकको घरमै पुर्याउने व्यवस्था विस्तार भएपछि हुलाक सेवाको प्रयोग बढ्दै गएको हुलाक सेवा विभागले जनाएको छ।
नयाँ सरकार गठनपछि मन्त्रिपरिषद्को पहिलो निर्णयबाट कार्यान्वयनमा ल्याइएको ‘शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची’ तथा सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतका प्रमुख १० कार्यमध्ये हुलाकलाई सरकारी कागजात तथा सामग्री ढुवानी सेवाका रूपमा विकास गर्ने लक्ष्य राखिएको थियो।
विभागका अनुसार उक्त कार्यसूची कार्यान्वयनमा आएयता अहिलेसम्म करिब १० हजार नागरिकले घरदैलोमै सेवा पाएका छन्। यस अवधिमा हुलाकमार्फत १० लाख ५० हजारभन्दा बढी सवारीचालक अनुमतिपत्र र दुई लाख ५० हजार हाराहारी राहदानी ढुवानी गरिएको छ।
हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पङ्गेनीका अनुसार हुम्लाबाहेक सबै जिल्लामा सरकारी कागजात घरमै पुर्याउने सरकारी योजना कार्यान्वयनमा आइसकेको छ।
हुम्लामा पनि सेवा सञ्चालनका लागि अन्तिम तयारी भइरहेको उनले जानकारी दिएकी छन्।
हुलाक सेवा विभागका अनुसार साउन २७ गतेसम्म ७६ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा दुई लाख ४७ हजार ४३ थान राहदानी हुलाकमार्फत ढुवानी गरिएको छ।
तीमध्ये ८ हजार ६६९ थान राहदानी सेवाग्राहीको घरदैलोमै पुर्याएर वितरण गरिएको विभागले जनाएको छ।
त्यस्तै, यातायात व्यवस्था विभागबाट प्राप्त १० लाख ३८ हजार ८०८ थान सवारीचालक अनुमतिपत्र सातै प्रदेशका यातायात व्यवस्था कार्यालयमा हुलाकमार्फत पुर्याइएको छ। तीमध्ये १ हजार ९९ थान लाइसेन्स सेवाग्राहीको घरमै पुर्याइएको विभागले जनाएको छ।
कर्णाली प्रदेशमा लाइसेन्स घरदैलोमै पुर्याउने उद्देश्यले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र हुलाक निर्देशनालय, सुर्खेतबीच समझदारीपत्रमा हस्ताक्षर गरी सेवा सुरु भइसकेको छ। सुदूरपश्चिम प्रदेशमा पनि यस्तै सेवा विस्तार गर्ने विषयमा छलफल भइरहेको विभागले जनाएको छ।
हुलाक सेवाको प्रयोग स्वास्थ्य क्षेत्रमा समेत विस्तार भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सम्झौताअनुसार १७ वटा अस्पतालका १ हजार ४८० वटा प्रयोगशाला नमुना हुलाकमार्फत ढुवानी गरिएको छ।
त्यस्तै, स्वास्थ्य, शिक्षा तथा सूचना केन्द्रसँगको सम्झौताअनुसार ४४ हजार १८४ थान सामग्री र स्वास्थ्य बिमा बोर्डसँगको सम्झौताअनुसार २८ भन्दा बढी जिल्लाका स्वास्थ्य बिमा कार्यालयमा १३० बोरा स्वास्थ्य सामग्री ढुवानी गरिएको विभागले जनाएको छ।
हुलाक सामग्रीको हवाई ढुवानीलाई सहज बनाउन विभिन्न वायुसेवा कम्पनीसँग सम्झौता तथा पूरक सम्झौता गरिएको विभागले जनाएको छ।
थप अन्तर्राष्ट्रिय गन्तव्यमा सेवा विस्तार गर्न कतारको राष्ट्रिय वायुसेवा कम्पनीसँग सहकार्य गर्ने विषयमा समेत छलफल भइरहेको छ।
नेपाल वायुसेवासँग अन्तर्राष्ट्रिय डाँक ढुवानीको भुक्तानीसम्बन्धी विषयमा छलफल गरी नेपाल वायुसेवा र हुलाक सेवा विभागबीच भएको सम्झौता संशोधन गर्ने निर्णयसमेत भएको विभागले जनाएको छ।
हुलाकको आन्तरिक निगरानी प्रणालीलाई थप स्तरोन्नति गरी राहदानी विभागसँग प्रत्यक्ष जोड्ने तयारीसमेत भइरहेको छ।
यस विषयमा सूचना तथा सञ्चार मन्त्रालय, सूचना प्रविधि विभाग, केन्द्रीय हुलाक कार्यालय, राहदानी विभाग र परराष्ट्र मन्त्रालयबीच छलफल भइसकेको छ। अध्ययन टोलीले यससम्बन्धी प्रतिवेदनसमेत पेस गरिसकेको विभागले जनाएको छ।
सरकारको नीति तथा कार्यक्रमअनुसार देशभरका हुलाक कार्यालयलाई क्रमशः ‘स्मार्ट हुलाक’ मा रूपान्तरण गर्ने अभियान पनि अघि बढाइएको छ।
परम्परागत चिठीपत्र आदानप्रदानमा सीमित हुलाक सेवालाई सरकारी कागजात, स्वास्थ्य सामग्री, राहदानी, लाइसेन्सलगायत सामग्रीको सुरक्षित तथा व्यवस्थित ढुवानी गर्ने आधुनिक सेवाका रूपमा विकास गर्ने सरकारको योजना छ।
यससँगै हुलाकलाई नागरिकले सहज रूपमा प्रयोग गर्न सक्ने विश्वसनीय सरकारी कुरियर सेवाका रूपमा स्थापित गर्ने प्रयास अघि बढाइएको विभागले जनाएको छ।
अध्यक्ष/सम्पादक
हेमन क्षेत्री
प्रबन्ध निर्देशक
गणेश के.सी.
९७४३२५१५४२
प्रमुख कार्यकारी अधिकृत
मेहर सिंह के.सी.
९८५७०६१४१६
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
संवाददाता
बिनोद थापा
डब्लु बम रावल (९८४९९१६७०८)
जनसम्पर्क अधिकृत
अस्मिता भुसाल (९७६७६३३८१५)
क्यामेरा पर्शन
शिशिर कार्की (9813901361)
व्यवस्थापक
आविष्कार खत्री
लुम्बिनी व्युरो
अनिल कुमार चौधरी (९८६७४४७१०६)
आइटी शाखा
रमेश ज्ञवाली
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
लुम्बिनी गणेश मिडिया प्रा.लि.
का.म.पा.–२९, मैतिदेबी, काठमाडौं ।
फोन : 984-3497533
ईमेल : thelumbini2080@gmail.com
सूचना विभाग द.प्र.प.नं. : ४९६६–०८१/०८२
दर्ता मिति : २०८१/१२/११
प्रेस काउन्सिल नेपाल अनलाइन सञ्चार माध्यम सूचिकरण प्रमाणपत्र नं. ४९७३–०८१/०८२
दर्ता मिति : २०८२/०२/०४
about-us
© 2026 All right reserved to thelumbini.com | Site By : Sobij