Oct 09 2026 | २०८३, आश्विन २३ गते

Oct 09 2026 | २०८३, आश्विन २३ गते

चीनको केरुङस्थित इमिग्रेशन भवनमा ३१ शव फेला, ५३१ जना अझै बेपत्ता

काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको बाढीका कारण चीनको केरुङ क्षेत्रमा ठूलो मानवीय क्षति भएको छ। चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार केरुङस्थित इमिग्रेसन तथा भन्सार भवनबाट शुक्रबार बेलुकीसम्म ३१ जनाको शव फेला परेको छ।

चिनियाँ अधिकारीलाई उद्धृत गर्दै सिन्ह्वाले बाढीपछि ५३१ जना अझै बेपत्ता रहेको जनाएको छ। बेपत्ता हुनेमा विदेशी नागरिक तथा तीर्थयात्रीसमेत रहेको बताइएको छ।

यसैबीच, भारतको विदेश मन्त्रालयले शुक्रबार बेलुकीसम्म नेपालबाट १६९ जना भारतीय नागरिकको उद्धार गरिएको जानकारी दिएको छ।

मन्त्रालयका अनुसार बाढीमा परी २७५ जना भारतीय नागरिक अझै बेपत्ता रहेका छन्।

नेपाल–चीन सीमाक्षेत्रमा आएको बाढीका कारण सडक, पुल तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ। उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतक र बेपत्ताको संख्या थप बढ्न सक्ने अधिकारीहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार