काठमाडौं । खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा काठमाडौंमा तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको सितामणी घर भई काठमाडौंको रातोपुल बस्ने २५ वर्षीय महमद इम्रान मन्सुरी, नुवाकोट घर भई सिफल बस्ने १८ वर्षीय अरुण कार्की र मकवानपुरको हेटौंडा घर भएका २१ वर्षीय सुजन रसाइली रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले रातोपुल नजिक ‘सफिक मासु पसल’ सञ्चालन गरी खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्दै आएका थिए। उनीहरूले बाख्रीको मासु प्रतिकिलो १ हजार ८ सय रुपैयाँका दरले बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले पसलबाट बिक्रीका लागि राखिएको बाख्रीको मासुसहित काट्नका लागि तयारी अवस्थामा राखिएको अर्को बाख्रीसमेत नियन्त्रणमा लिएको छ।
पक्राउ परेका तीनै जनालाई प्रहरी वृत्त गौशालामा राखिएको छ। उनीहरूमाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अध्यक्ष/सम्पादक
हेमन क्षेत्री
प्रबन्ध निर्देशक
गणेश के.सी.
९७४३२५१५४२
प्रमुख कार्यकारी अधिकृत
मेहर सिंह के.सी.
९८५७०६१४१६
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
संवाददाता
बिनोद थापा
डब्लु बम रावल (९८४९९१६७०८)
जनसम्पर्क अधिकृत
अस्मिता भुसाल (९७६७६३३८१५)
क्यामेरा पर्शन
शिशिर कार्की (9813901361)
व्यवस्थापक
आविष्कार खत्री
लुम्बिनी व्युरो
अनिल कुमार चौधरी (९८६७४४७१०६)
आइटी शाखा
रमेश ज्ञवाली
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
लुम्बिनी गणेश मिडिया प्रा.लि.
का.म.पा.–२९, मैतिदेबी, काठमाडौं ।
फोन : 984-3497533
ईमेल : thelumbini2080@gmail.com
सूचना विभाग द.प्र.प.नं. : ४९६६–०८१/०८२
दर्ता मिति : २०८१/१२/११
प्रेस काउन्सिल नेपाल अनलाइन सञ्चार माध्यम सूचिकरण प्रमाणपत्र नं. ४९७३–०८१/०८२
दर्ता मिति : २०८२/०२/०४
about-us
© 2026 All right reserved to thelumbini.com | Site By : Sobij