काठमाडौं : भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि हालसम्म १३ देशका ३११ जना विदेशी पर्यटकको उद्धार गरिएको छ। पर्यटन विभागका अनुसार बाढी आएको १५ दिनसम्म विभिन्न स्थानमा अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो।
उद्धार गरिएकामध्ये सबैभन्दा धेरै भारतीय नागरिक १७५ जना छन्। त्यस्तै चीनका १११, जर्मनी र अमेरिकाका चार/चार तथा माल्टाका तीन जना पर्यटकको उद्धार गरिएको विभागले जनाएको छ।
टर्किए, रुस, इटाली र भियतनामका दुई/दुई जना तथा ओमान, स्विटजरल्यान्ड, बेलायत र बुल्गेरियाका एक/एक जना पर्यटकको पनि सकुशल उद्धार गरिएको छ।
विभागका अनुसार बाढीपछि ३६ देशका ५८७ जना विदेशी पर्यटक अझै सम्पर्कविहीन छन्।
सम्पर्कविहीनमध्ये भारतका १८४, अमेरिकाका ६७, मलेसियाका ५५, युक्रेनका ५४, लाटभियाका ३६, अस्ट्रेलियाका ३३, बेलायतका ३२, क्यानडाका ३० र चीनका २६ जना छन्।
त्यस्तै, सिङ्गापुरका नौ, जर्मनी र रुसका आठ/आठ, दक्षिण अफ्रिकाका छ, जापानका पाँच, फ्रान्सका चार तथा काजाकिस्तानका तीन जना पर्यटक सम्पर्कविहीन रहेको विभागले जनाएको छ।
पोल्यान्ड, भियतनाम, स्विटजरल्यान्ड, स्विडेन, फिलिपिन्स, लिथुआनिया, इजरायल, हङ्गेरी र फिनल्यान्डका एक/एक जना पर्यटक पनि बाढीपछि सम्पर्कविहीन छन्।
यसैबीच, नेपाल वायुसेवा निगमले भदौ १० गतेको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्रीको हवाई ढुवानीमा विशेष सहुलियत दिने निर्णय गरेको छ।
निगमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अन्तर्राष्ट्रिय स्टेसनबाट नेपाल पठाइने बाढीपीडितका लागि राहत सामग्रीको सम्पूर्ण हवाई ढुवानी शुल्क एक महिनासम्म पूर्ण रूपमा छुट गर्ने जनाएको छ।
सम्बन्धित दूतावाससँग समन्वय गरी दूतावासको आधिकारिक पत्रका आधारमा खाद्यान्न, औषधी, लत्ताकपडा तथा अन्य आवश्यक राहत सामग्री ढुवानी गर्दा शुल्क नलिइने निगमले स्पष्ट पारेको छ।
विपद्को समयमा मानवीय सहयोगलाई सहज र प्रभावकारी बनाउन गरिएको यो निर्णयले विभिन्न मुलुक तथा संघसंस्थाबाट नेपाल पठाइने राहत सामग्री प्रभावित समुदायसम्म छिटो पुर्याउन सहयोग पुग्ने निगमको विश्वास छ।
अध्यक्ष/सम्पादक
हेमन क्षेत्री
प्रबन्ध निर्देशक
गणेश के.सी.
९७४३२५१५४२
प्रमुख कार्यकारी अधिकृत
मेहर सिंह के.सी.
९८५७०६१४१६
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
संवाददाता
बिनोद थापा
डब्लु बम रावल (९८४९९१६७०८)
जनसम्पर्क अधिकृत
अस्मिता भुसाल (९७६७६३३८१५)
क्यामेरा पर्शन
शिशिर कार्की (9813901361)
व्यवस्थापक
आविष्कार खत्री
लुम्बिनी व्युरो
अनिल कुमार चौधरी (९८६७४४७१०६)
आइटी शाखा
रमेश ज्ञवाली
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
लुम्बिनी गणेश मिडिया प्रा.लि.
का.म.पा.–२९, मैतिदेबी, काठमाडौं ।
फोन : 984-3497533
ईमेल : thelumbini2080@gmail.com
सूचना विभाग द.प्र.प.नं. : ४९६६–०८१/०८२
दर्ता मिति : २०८१/१२/११
प्रेस काउन्सिल नेपाल अनलाइन सञ्चार माध्यम सूचिकरण प्रमाणपत्र नं. ४९७३–०८१/०८२
दर्ता मिति : २०८२/०२/०४
about-us
© 2026 All right reserved to thelumbini.com | Site By : Sobij