काठमाडौं । ड्रोन आक्रमणपछि साउदी अरबले आफ्नो इस्ट–वेस्ट तेल पाइपलाइन बन्द गरेको छ । बिहीबार भएको ड्रोन आक्रमणमा पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा आगलागी भएको छ । केही व्यक्ति घाइते भएका छन् ।
इरान–अमेरिका युद्धले होर्मुज जलमार्ग बन्द भएपछि साउदी अरबले यही पाइपलाइनमार्फत दैनिक करिब ५० लाख ब्यारेल तेल पठाउँदै आएको थियो ।
साउदी ऊर्जा मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार पाइपलाइनमाथि बिहीबार थुप्रै आक्रमण भएका थिए । हालसम्म यी आक्रमण कसले गराएको हो भन्ने स्पष्ट भएको छैन । कुनै पनि देश वा संगठनले अहिलेसम्म आक्रमणको जिम्मेवारी लिएका छैनन् ।
अमेरिकी अधिकारीहरूका अनुसार आक्रमणमा पाइपलाइननजिकै रहेका पम्पिङ स्टेसनहरूलाई निशाना बनाइएको थियो ।
शुक्रबार लिइएको भूउपग्रह तस्बिरमा एउटा पम्पिङ स्टेसनमा आगलागीका कारण ठूलो क्षति भएको देखिएको छ । अर्को तस्बिरमा स्टेसनबाट कालो धुवाँ निस्किरहेको देखिएको छ ।
पाइपलाइनमा प्रत्यक्ष रूपमा कति क्षति पुगेको छ भन्नेबारे अझै स्पष्ट हुन सकेको छैन । यो पाइपलाइन पुनः कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने पनि निश्चित छैन ।
साउदी विदेश मन्त्रालयले रियाद र मदिना क्षेत्रमा रहेको पाइपलाइनमा थुप्रै ड्रोनबाट आक्रमण गरिएको जनाएको छ । साउदीका अनुसार ती ड्रोन इराकको भूभागबाट आएका थिए ।
इराकका प्रधानमन्त्रीको अनुरोधका कारण साउदीले तत्काल जवाफी कारबाही नगर्ने निर्णय लिएको बताइएको छ । साउदी अरबले इराकले पहिले आफ्नो भूमिबाट हुने यस्ता आक्रमण रोक्न आवश्यक कदम चाल्नुपर्ने बताएको छ ।
इराकले पनि आक्रमणको भर्त्सना गरेको छ । इराकी सरकारले घटनाको अनुसन्धान गर्ने तथा आफ्नो भूमि वा आकाशीय क्षेत्रलाई अन्य देशमाथि आक्रमण गर्न प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेको छ ।
साउदी अरबको अधिकांश तेल देशको पूर्वी भागमा उत्पादन हुन्छ । यसलाई अन्य देशसम्म पुर्याउन सामान्यतया पानीजहाजको प्रयोग गरिन्छ । पर्सियन खाडीबाट बाहिर निस्कन ती पानीजहाज होर्मुज जलमार्ग हुँदै जानुपर्ने हुन्छ ।
अमेरिका–इरान युद्धपछि होर्मुजको बाटो बन्द भएपछि साउदीले इस्ट–वेस्ट पाइपलाइनको सहारा लिएको थियो ।
होर्मुज बन्द भएपछि साउदीले यही पाइपलाइनमार्फत दैनिक करिब ५० लाख ब्यारेल तेल यान्बु पठाउँदै आएको थियो । त्यहाँबाट तेल पानीजहाजमार्फत अन्य देशका बजारसम्म पुर्याउन सकिन्थ्यो ।
होर्मुजपछि अब लाल सागरको बाटो पनि बन्द हुने संघारमा पुगेको देखिन्छ । यमनका हुथी विद्रोहीहरूले बाब अल–मन्दब जलमार्ग क्षेत्रमाथि कब्जा गरेको दाबी गरेका छन् । उनीहरूले साउदी पानीजहाजलाई यस बाटो हुँदै आवतजावत गर्न अनुमति नदिने बताएका छन् । राेयटर्स
अध्यक्ष/सम्पादक
हेमन क्षेत्री
प्रबन्ध निर्देशक
गणेश के.सी.
९७४३२५१५४२
प्रमुख कार्यकारी अधिकृत
मेहर सिंह के.सी.
९८५७०६१४१६
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
संवाददाता
बिनोद थापा
डब्लु बम रावल (९८४९९१६७०८)
जनसम्पर्क अधिकृत
अस्मिता भुसाल (९७६७६३३८१५)
क्यामेरा पर्शन
शिशिर कार्की (9813901361)
व्यवस्थापक
आविष्कार खत्री
लुम्बिनी व्युरो
अनिल कुमार चौधरी (९८६७४४७१०६)
आइटी शाखा
रमेश ज्ञवाली
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
लुम्बिनी गणेश मिडिया प्रा.लि.
का.म.पा.–२९, मैतिदेबी, काठमाडौं ।
फोन : 984-3497533
ईमेल : thelumbini2080@gmail.com
सूचना विभाग द.प्र.प.नं. : ४९६६–०८१/०८२
दर्ता मिति : २०८१/१२/११
प्रेस काउन्सिल नेपाल अनलाइन सञ्चार माध्यम सूचिकरण प्रमाणपत्र नं. ४९७३–०८१/०८२
दर्ता मिति : २०८२/०२/०४
about-us
© 2026 All right reserved to thelumbini.com | Site By : Sobij