काठमाडौं : चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना अर्थात् साउन र भदौमा सरकारको राजस्व सङ्कलन गत वर्षको सोही अवधिको तुलनामा २५ अर्ब रुपैयाँभन्दा बढीले बढेको छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्म सरकारले १ खर्ब ८३ अर्ब २० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ५७ अर्ब ६७ करोड ३९ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो।
चालु आर्थिक वर्षको दुई महिनामा सङ्कलित राजस्वमध्ये १ खर्ब ७२ अर्ब ४२ करोड रुपैयाँ कर राजस्व र १० अर्ब ७७ करोड रुपैयाँ गैरकर राजस्व रहेको छ।
यस अवधिमा सरकारले अनुदान र अन्य प्राप्तिबाट समेत आम्दानी गरेको छ। कार्यालयका अनुसार भदौसम्म ५ अर्ब ५३ करोड ७ लाख रुपैयाँ अनुदान प्राप्त भएको छ भने १ अर्ब ३७ करोड रुपैयाँ अन्य प्राप्ति भएको छ।
राजस्व, अनुदान र अन्य प्राप्तिसमेत जोड्दा भदौसम्म सरकारको कुल आम्दानी १ खर्ब ९० अर्ब १० करोड रुपैयाँ पुगेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ३० अर्ब रुपैयाँ बढी हो।
राजस्वसँगै चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सरकारको खर्च पनि बढेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौसम्म सरकारले १ खर्ब ९९ अर्ब ८३ करोड रुपैयाँ खर्च गरेको छ।
गत आर्थिक वर्षको भदौसम्म १ खर्ब ८० अर्ब ८१ करोड रुपैयाँ खर्च भएको थियो। यस आधारमा चालु आर्थिक वर्षको समीक्षा अवधिमा सरकारी खर्च करिब २० अर्ब रुपैयाँले बढेको देखिन्छ।
कुल खर्चमध्ये १ खर्ब २२ अर्ब रुपैयाँ चालु खर्च रहेको छ। त्यस्तै, विकास निर्माणलगायतका काममा हुने पुँजीगत खर्च ७ अर्ब ६६ करोड ४८ लाख रुपैयाँ पुगेको छ।
सरकारले लिएको ऋणको साँवा भुक्तानी तथा अन्य वित्तीय व्यवस्थातर्फ भने ७० अर्ब १३ करोड रुपैयाँ खर्च भएको छ। गत आर्थिक वर्षको भदौसम्म यस्तो खर्च करिब ६० अर्ब रुपैयाँ रहेको थियो।
सरकारी विवरणले विकास निर्माणका लागि गरिने पुँजीगत खर्चको तुलनामा ऋण भुक्तानीतर्फको खर्च निकै बढी रहेको देखाएको छ। समीक्षा अवधिमा पुँजीगत खर्च ७ अर्ब ६६ करोड रुपैयाँ हुँदा वित्तीय व्यवस्थातर्फको खर्च ७० अर्ब १३ करोड रुपैयाँ पुगेको छ।
भदौसम्म सरकारको कुल आम्दानीभन्दा खर्च करिब ९ अर्ब ७० करोड रुपैयाँ बढी देखिएको छ। यस्तो स्रोत अभाव व्यवस्थापन गर्न सरकारले ऋण तथा अन्य स्रोतको प्रयोग गर्ने गर्छ।
चालु आर्थिक वर्षको पहिलो महिना साउनमै सरकारले आन्तरिक ऋणसमेत उठाइसकेको छ।
अध्यक्ष/सम्पादक
हेमन क्षेत्री
प्रबन्ध निर्देशक
गणेश के.सी.
९७४३२५१५४२
प्रमुख कार्यकारी अधिकृत
मेहर सिंह के.सी.
९८५७०६१४१६
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
संवाददाता
बिनोद थापा
डब्लु बम रावल (९८४९९१६७०८)
जनसम्पर्क अधिकृत
अस्मिता भुसाल (९७६७६३३८१५)
क्यामेरा पर्शन
शिशिर कार्की (9813901361)
व्यवस्थापक
आविष्कार खत्री
लुम्बिनी व्युरो
अनिल कुमार चौधरी (९८६७४४७१०६)
आइटी शाखा
रमेश ज्ञवाली
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
लुम्बिनी गणेश मिडिया प्रा.लि.
का.म.पा.–२९, मैतिदेबी, काठमाडौं ।
फोन : 984-3497533
ईमेल : thelumbini2080@gmail.com
सूचना विभाग द.प्र.प.नं. : ४९६६–०८१/०८२
दर्ता मिति : २०८१/१२/११
प्रेस काउन्सिल नेपाल अनलाइन सञ्चार माध्यम सूचिकरण प्रमाणपत्र नं. ४९७३–०८१/०८२
दर्ता मिति : २०८२/०२/०४
about-us
© 2026 All right reserved to thelumbini.com | Site By : Sobij