काठमाडौं । अमेरिका र इरानबीच लामो समयदेखि जारी तनाव आइतबार थप चर्किएको छ। दुवै पक्षले एकअर्काविरुद्ध कडा चेतावनी दिँदै तत्काल पछि नहट्ने संकेत दिएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे आर्थिक रूपमा कमजोर बनाउनेदेखि नेतृत्व परिवर्तनसम्मका विकल्प रहेको चेतावनी दिएका छन्। जवाफमा इरानले अमेरिकाबाट नयाँ आक्रमण भए त्यसको कडा प्रतिकार गर्ने जनाएको छ।
इरानी सेनाले अमेरिकाले नयाँ चरणको सैन्य आक्रमणको तयारी गरिरहेको हुन सक्ने सूचना प्राप्त भएको दाबी गरेको छ। इरानी सैन्य केन्द्रीय कमान्डले अमेरिकाले आक्रमण गरे अमेरिकी सैन्य अड्डा तथा उसका क्षेत्रीय हितविरुद्ध निरन्तर र ‘बिना कुनै सीमा’ जवाफी कारबाही गरिने चेतावनी दिएको छ।
इरानले अमेरिकाका क्षेत्रीय सहयोगीहरूलाई पनि सम्भावित द्वन्द्वको पक्षका रूपमा हेर्ने चेतावनी दिएको छ।
ट्रम्पले इरानसँगको द्वन्द्वबारे तीन विकल्प रहेको बताएका छन्। उनका अनुसार इरानलाई ध्वस्त पार्ने, आर्थिक रूपमा कमजोर हुन दिने वा सम्झौतामा पुग्ने विकल्प छन्।
उनले इरानी नेतृत्वले अमेरिकासँग सम्झौता गर्नुपर्ने बताएका छन्। आइतबार ट्रम्पले आफू द्वन्द्वको अर्को चरणबारे ‘निर्णय गर्ने मोड’मा रहेको बताएका छन्। उनले आगामी दिनमा ‘धेरै ठुला कुरा’ हुन सक्ने संकेतसमेत दिएका छन्।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि ट्रम्पले पटक–पटक थप ठूलो सैन्य कदम चाल्ने संकेत दिँदै आएका छन्। यद्यपि अहिलेसम्म त्यस्ता थप कदम कार्यान्वयन भएका छैनन्।
इरानी राष्ट्रपति मसूद पेजेश्कियान संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन यसै साता न्युयोर्क जाने अपेक्षा गरिएको छ। ट्रम्पले पेजेश्कियानसँग भेटवार्ता गर्न आफू खुला रहेको बताएका छन्।
यसले सैन्य तनावसँगै कूटनीतिक संवादको सम्भावना पनि कायम रहेको संकेत गरेको छ। तर, दुई देशबीच तत्काल कुनै नयाँ सम्झौताको ठोस संकेत भने देखिएको छैन।
खाडी क्षेत्रमा बढिरहेको तनावप्रति कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले चिन्ता व्यक्त गरेका छन्।
उनले तनावको चक्र रोक्नुपर्नेमा जोड दिँदै खाडी क्षेत्रमा सबै देशको सार्वभौमसत्ताको सम्मान हुने सुरक्षा संरचना आवश्यक रहेको बताएका छन्। कुनै पनि राज्यले अर्को राज्यका लागि खतरा सिर्जना गर्न नहुने उनको भनाइ छ।
यसैबीच, यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीच जारी संघर्षले क्षेत्रीय तनाव थप बढाएको छ।
अलजजिराका अनुसार यमनको अल–जवफ प्रान्तमा हुथी विद्रोही र साउदी समर्थित सेनाबीच भएको पछिल्लो भिडन्तमा चार जनाको मृत्यु भएको छ।
हुथी समूहको सर्वोच्च राजनीतिक परिषद्का प्रमुख महदी अल–मशातले यमनमाथि गरिएको भनिएको ‘अन्यायपूर्ण नाकाबन्दी’का लागि साउदी अरबले ‘क्षतिपूर्ति’ तिर्नुपर्ने बताएका छन्।
शनिबार हुथी समूहले साउदी राजधानी रियादतर्फ क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको थियो। साउदी नेतृत्वको गठबन्धनले रियादलाई लक्षित क्षेप्यास्त्रसहित विभिन्न क्षेत्रमा भएका आक्रमण विफल पारेको दाबी गरेको छ।
रियादको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल आसपास रातभर विस्फोट भएपछि ठूलो धुवाँको मुस्लो देखिएको थियो।
यमनमा जारी संघर्ष र हुथी समूहबाट बढिरहेको सुरक्षा जोखिमलाई कारण देखाउँदै इरानस्थित अमेरिकी भर्चुअल दूतावासले अमेरिकी नागरिकलाई देश छाड्न आग्रह गरेको छ।
अमेरिकी विदेश विभागले पनि मध्यपूर्वमा अप्रत्याशित रूपमा तनाव बढ्न सक्ने चेतावनी दिँदै अमेरिकी नागरिकलाई थप सतर्क रहन आग्रह गरेको छ। सम्भावित उडान रद्द तथा हवाई क्षेत्र बन्द हुन सक्ने अवस्थाप्रति समेत सचेत रहन भनिएको छ।
यमनको तटीय क्षेत्रमा हुथी समूहको प्रभाव बढेसँगै लाल सागर (रेड सी) र एसियाबीचको महत्त्वपूर्ण समुद्री मार्गमा सुरक्षा जोखिम बढेको छ।
बाब अल–मन्देब जलडमरूमध्यमा हुथी समूहको गतिविधि बढ्दा अन्तर्राष्ट्रिय व्यापार तथा समुद्री ढुवानी प्रभावित हुन सक्ने चिन्ता बढेको छ।
यसअघि नै इरानले होर्मुज जलडमरूमध्यबाट हुने अधिकांश ढुवानी रोकिसकेको बताएको छ। यसका कारण खाडी क्षेत्रबाट हुने ऊर्जा निर्यात प्रभावित भएको छ र अन्तर्राष्ट्रिय तेल बजारमा थप दबाब परेको छ।
अमेरिकी प्रतिबन्धका कारण इरानलाई आफ्नो तेल बिक्री गर्न कठिनाइ भइरहेको छ। त्यसले इरानी अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको छ।
जुनमा भएको अन्तरिम युद्धविराम सम्झौता जुलाईमा त्यसका सर्तबारे विवाद भएपछि टुटेको थियो। अहिले उक्त सम्झौतामा फर्किने सम्भावना कमजोर देखिएको छ।
इरानले आइतबार पनि जुन महिनाको सम्झौताका सर्त पूरा नभएसम्म होर्मुज जलडमरूमध्य नखोल्ने आफ्नो अडान दोहोर्याएको छ।
इरानी संसद्का सभामुख मोहम्मद बाकर कालिबाफले विरोधीलाई पछि हटाउन इरानले संघर्षसँगै वार्ता पनि जारी राख्नुपर्ने बताएका छन्। कूटनीतिक माध्यमबाट प्राप्त उपलब्धिलाई बलियो बनाउन वार्ता आवश्यक रहेको उनको भनाइ छ।
अमेरिका–इरानबीच सैन्य तनाव, यमनमा बढ्दो संघर्ष तथा होर्मुज र बाब अल–मन्देबजस्ता रणनीतिक जलमार्गमा बढिरहेको जोखिमका कारण मध्यपूर्वको संकट थप जटिल बन्दै गएको छ।
अध्यक्ष/सम्पादक
हेमन क्षेत्री
प्रबन्ध निर्देशक
गणेश के.सी.
९७४३२५१५४२
प्रमुख कार्यकारी अधिकृत
मेहर सिंह के.सी.
९८५७०६१४१६
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
संवाददाता
बिनोद थापा
डब्लु बम रावल (९८४९९१६७०८)
जनसम्पर्क अधिकृत
अस्मिता भुसाल (९७६७६३३८१५)
क्यामेरा पर्शन
शिशिर कार्की (9813901361)
व्यवस्थापक
आविष्कार खत्री
लुम्बिनी व्युरो
अनिल कुमार चौधरी (९८६७४४७१०६)
आइटी शाखा
रमेश ज्ञवाली
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
लुम्बिनी गणेश मिडिया प्रा.लि.
का.म.पा.–२९, मैतिदेबी, काठमाडौं ।
फोन : 984-3497533
ईमेल : thelumbini2080@gmail.com
सूचना विभाग द.प्र.प.नं. : ४९६६–०८१/०८२
दर्ता मिति : २०८१/१२/११
प्रेस काउन्सिल नेपाल अनलाइन सञ्चार माध्यम सूचिकरण प्रमाणपत्र नं. ४९७३–०८१/०८२
दर्ता मिति : २०८२/०२/०४
about-us
© 2026 All right reserved to thelumbini.com | Site By : Sobij