सुलीकोट (गोरखा), असोज ५ गते । मनास्लु हिमाल आरोहणका क्रममा हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतीय–जर्मन आरोही ध्रुवज्योति गुहा र उनका आरोहण सहयोगी फुर्सेम्बा शेर्पा रहेका छन्।
मनास्लु हिमालको तेस्रो शिविरमा टेन्टभित्र रहेका बेला अचानक हिमपहिरो खस्दा उनीहरू पुरिएका हुन्। शनिबार तेस्रो शिविर पुगेका उनीहरू राति टेन्टभित्र सुतिरहेका बेला हिमपहिरो खसेको बताइएको छ।
स्थानीयका अनुसार घटनाका बेला मनास्लु क्षेत्रमा मौसम अचानक बिग्रिएको थियो। ठूलो वर्षासमेत भएपछि हिमपहिरोको जोखिम बढेको थियो।
मौसम प्रतिकूल बनेपछि जोखिम बढेसँगै अधिकांश आरोही तेस्रो शिविरबाट दोस्रो शिविरतर्फ झरेका थिए। तर, गुहा र शेर्पा भने तेस्रो शिविरमै बसेका थिए।
रातिको समयमा आएको हिमपहिरोले उनीहरू बसेको टेन्ट नै पुरेपछि दुवै जनाको मृत्यु भएको बताइएको छ।
मकालु एडभेन्चरमार्फत मनास्लु आरोहणमा गएका उनीहरूको शव उद्धार गरी सोमबार काठमाडौं ल्याउने तयारी गरिएको छ। प्रतिकूल मौसमका कारण उद्धार कार्यसमेत चुनौतीपूर्ण बनेको छ।
मनास्लुमा यस सिजन हिमपहिरो तथा प्रतिकूल मौसमका कारण आरोहण जोखिमपूर्ण बन्दै गएको छ।
केही दिनअघि मात्रै मनास्लु आरोहणका क्रममा सिंगापुरका ५० वर्षीय आरोही ल उई सेङ र २० वर्षीय आरोहण सहयोगी तासी शेर्पाको मृत्यु भएको थियो। सेङको दोस्रो शिविरबाट तल झर्ने क्रममा मृत्यु भएको थियो भने तासी शेर्पा टेन्टभित्र मृत भेटिएका थिए।
पछिल्लो घटनासँगै यस सिजन मनास्लु आरोहणका क्रममा मृत्यु हुनेको संख्या चार पुगेको छ।
यस वर्ष मनास्लु आरोहणका लागि ४८० जना विदेशी आरोहीले अनुमति लिएका छन्। ठूलो संख्यामा आरोही मनास्लु क्षेत्रमा रहेका बेला लगातार देखिएको खराब मौसम र हिमपहिरोका घटनाले आरोहीको सुरक्षामाथि थप चुनौती सिर्जना गरेको छ।
विश्वका अग्ला हिमालमध्ये एक मनास्लुमा हरेक वर्ष ठूलो संख्यामा स्वदेशी तथा विदेशी आरोही पुग्ने गर्छन्। तर, मौसममा आउने अचानक परिवर्तन, हिमपहिरो र उच्च हिमाली क्षेत्रमा देखिने अन्य जोखिमका कारण मनास्लु आरोहण चुनौतीपूर्ण मानिन्छ।
आरोही तथा सहयोगीको सुरक्षाका लागि मौसमको अवस्था, हिमपहिरोको जोखिम र शिविरहरूको अवस्थाबारे निरन्तर निगरानी आवश्यक देखिएको छ।
अध्यक्ष/सम्पादक
हेमन क्षेत्री
प्रबन्ध निर्देशक
गणेश के.सी.
९७४३२५१५४२
प्रमुख कार्यकारी अधिकृत
मेहर सिंह के.सी.
९८५७०६१४१६
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
संवाददाता
बिनोद थापा
डब्लु बम रावल (९८४९९१६७०८)
जनसम्पर्क अधिकृत
अस्मिता भुसाल (९७६७६३३८१५)
क्यामेरा पर्शन
शिशिर कार्की (9813901361)
व्यवस्थापक
आविष्कार खत्री
लुम्बिनी व्युरो
अनिल कुमार चौधरी (९८६७४४७१०६)
आइटी शाखा
रमेश ज्ञवाली
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
लुम्बिनी गणेश मिडिया प्रा.लि.
का.म.पा.–२९, मैतिदेबी, काठमाडौं ।
फोन : 984-3497533
ईमेल : thelumbini2080@gmail.com
सूचना विभाग द.प्र.प.नं. : ४९६६–०८१/०८२
दर्ता मिति : २०८१/१२/११
प्रेस काउन्सिल नेपाल अनलाइन सञ्चार माध्यम सूचिकरण प्रमाणपत्र नं. ४९७३–०८१/०८२
दर्ता मिति : २०८२/०२/०४
about-us
© 2026 All right reserved to thelumbini.com | Site By : Sobij