काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको वस्तु निर्यात ७६ अर्ब रुपैयाँ नाघेको छ। अर्जेन्टिना, ब्राजिल, चीनलगायत मुलुकबाट आयात गरिएको कच्चा भटमास, सूर्यमुखी र पाम तेल नेपालमा प्रशोधन गरी भारत निर्यात गर्दा कुल निर्यातमा उल्लेख्य वृद्धि भएको हो।
भन्सार विभागका अनुसार साउन र भदौमा नेपालले ७६ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६२ प्रतिशत बढी हो।
नेपालको कुल निर्यातमा खानेतेलको हिस्सा भने अत्यधिक देखिएको छ। दुई महिनामा मात्रै करिब ४० अर्ब रुपैयाँ बराबरको खानेतेल निर्यात भएको विभागको तथ्याङ्क छ। यो कुल निर्यातको करिब ५५ प्रतिशत हो।
यस अवधिमा सबैभन्दा बढी ३६ अर्ब रुपैयाँ बराबरको भटमास तेल भारततर्फ निर्यात भएको छ।
दक्षिण एसियाली व्यापार सुविधा (साफ्टा) अन्तर्गत नेपालले भारतमा निश्चित वस्तु शून्य भन्सारमा निर्यात गर्न पाउने सुविधा प्रयोग गर्दै आएको छ।
भारतमा कच्चा तेलमा तुलनात्मक रूपमा बढी भन्सार लाग्ने भएकाले नेपालका व्यवसायीले कच्चा तेल आयात गरी नेपालमै प्रशोधन गरेर भारतमा निर्यात गर्दै आएका छन्। पछिल्ला पाँच वर्षयता प्रशोधित खानेतेलको व्यापारमा व्यवसायीहरूले साफ्टाको यही सुविधाबाट लाभ लिँदै आएका छन्।
यसका कारण नेपालबाट हुने कुल वस्तु निर्यातको आकार बढे पनि त्यसको ठूलो हिस्सा नेपालमै उत्पादन भएको कच्चा पदार्थ वा मौलिक नेपाली उत्पादनमा आधारित नभएको देखिन्छ।
प्रशोधित खानेतेल बाहेक पहिलो दुई महिनामा नेपालबाट २ अर्ब २३ करोड रुपैयाँ बराबरको कपडा निर्यात भएको छ। त्यस्तै, १ अर्ब ७६ करोड रुपैयाँ बराबरको गलैँचा विदेश निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ।
यद्यपि खानेतेलको निर्यातमा तीव्र वृद्धि भए पनि नेपालमै उत्पादन हुने मौलिक वस्तुको निर्यातमा भने सोही अनुपातमा वृद्धि हुन सकेको छैन।
यसले नेपालको निर्यात वृद्धि मुख्यतः प्रशोधित खानेतेलमा केन्द्रित रहेको देखाएको छ। निर्यातको दिगो विस्तारका लागि स्वदेशी उत्पादन, औद्योगिक क्षमता र नेपाली मौलिक वस्तुको अन्तर्राष्ट्रिय बजार विस्तारमा जोड दिनुपर्ने आवश्यकता देखिन्छ।
अध्यक्ष/सम्पादक
हेमन क्षेत्री
प्रबन्ध निर्देशक
गणेश के.सी.
९७४३२५१५४२
प्रमुख कार्यकारी अधिकृत
मेहर सिंह के.सी.
९८५७०६१४१६
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
संवाददाता
बिनोद थापा
डब्लु बम रावल (९८४९९१६७०८)
जनसम्पर्क अधिकृत
अस्मिता भुसाल (९७६७६३३८१५)
क्यामेरा पर्शन
शिशिर कार्की (9813901361)
व्यवस्थापक
आविष्कार खत्री
लुम्बिनी व्युरो
अनिल कुमार चौधरी (९८६७४४७१०६)
आइटी शाखा
रमेश ज्ञवाली
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
लुम्बिनी गणेश मिडिया प्रा.लि.
का.म.पा.–२९, मैतिदेबी, काठमाडौं ।
फोन : 984-3497533
ईमेल : thelumbini2080@gmail.com
सूचना विभाग द.प्र.प.नं. : ४९६६–०८१/०८२
दर्ता मिति : २०८१/१२/११
प्रेस काउन्सिल नेपाल अनलाइन सञ्चार माध्यम सूचिकरण प्रमाणपत्र नं. ४९७३–०८१/०८२
दर्ता मिति : २०८२/०२/०४
about-us
© 2026 All right reserved to thelumbini.com | Site By : Sobij