काठमाडौं : नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको पर्यटन क्षेत्र सुरक्षित र सञ्चालनयोग्य रहेको सन्देश प्रवाह गर्न दुईदिने विशेष कार्यक्रम आयोजना गरेको छ।
४७औँ विश्व पर्यटन दिवसको अवसर पारेर नाट्टाले कार्यक्रम आयोजना गरेको हो। नाट्टाका महासचिव राजकुमार देवकोटाका अनुसार नेपालको पर्यटन क्षेत्र पूर्ण रूपमा सुरक्षित, सञ्चालनयोग्य र विश्वभरका पर्यटकका लागि खुला रहेको सन्देश दिन कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमअन्तर्गत नाट्टाले आज ‘नाट्टा स्वच्छ र हरियाली अभियान–२०२६’ सञ्चालन गरेको छ। शिवपुरी राष्ट्रिय निकुञ्ज करिडोरअन्तर्गत बूढानीलकण्ठ–टोखा–चण्डेश्वरी क्षेत्रमा अभियान सञ्चालन गरिएको नाट्टाले जनाएको छ।
यस अभियानमार्फत पर्यटनसँगै वातावरण संरक्षण र हरियाली प्रवर्द्धनको सन्देशसमेत दिन खोजिएको छ।
त्यसैगरी, कार्यक्रमको दोस्रो दिन काठमाडौंको दरबार क्षेत्र वसन्तपुरबाट ‘नेपाल निम्तो–नाट्टा सम्पदा दौड–२०२६’ आयोजना गरिने भएको छ।
दौडमा पर्यटन व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा युवाहरूको सहभागिता रहने नाट्टाले जनाएको छ।
नाट्टाले यस्ता कार्यक्रममार्फत नेपालको पर्यटन गन्तव्य सुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय तथा स्वदेशी पर्यटकसम्म पुर्याउने उद्देश्य राखेको जनाएको छ।
अध्यक्ष/सम्पादक
हेमन क्षेत्री
प्रबन्ध निर्देशक
गणेश के.सी.
९७४३२५१५४२
प्रमुख कार्यकारी अधिकृत
मेहर सिंह के.सी.
९८५७०६१४१६
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
संवाददाता
बिनोद थापा
डब्लु बम रावल (९८४९९१६७०८)
जनसम्पर्क अधिकृत
अस्मिता भुसाल (९७६७६३३८१५)
क्यामेरा पर्शन
शिशिर कार्की (9813901361)
व्यवस्थापक
आविष्कार खत्री
लुम्बिनी व्युरो
अनिल कुमार चौधरी (९८६७४४७१०६)
आइटी शाखा
रमेश ज्ञवाली
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
लुम्बिनी गणेश मिडिया प्रा.लि.
का.म.पा.–२९, मैतिदेबी, काठमाडौं ।
फोन : 984-3497533
ईमेल : thelumbini2080@gmail.com
सूचना विभाग द.प्र.प.नं. : ४९६६–०८१/०८२
दर्ता मिति : २०८१/१२/११
प्रेस काउन्सिल नेपाल अनलाइन सञ्चार माध्यम सूचिकरण प्रमाणपत्र नं. ४९७३–०८१/०८२
दर्ता मिति : २०८२/०२/०४
about-us
© 2026 All right reserved to thelumbini.com | Site By : Sobij