सप्तरी :
जितिया पावनी बड भारी
धिया पुताक ठोकी सुताबै
अपना खायब भरि थारी ।।
हाम्रो देशमा बसोबास गर्ने विभिन्न जातजाति समुदायले विभिन्न चाडपर्व रीतिरिवाज र संस्कृति मनाउँदै आएका छन् । चाडपर्व र संस्कृतिले हामीलाई विश्वमा चिनाएको छ । मधेशको संस्कृति चाडपर्व, रीतिरिवाजको पनि छुट्टै महत्त्व र विशेषता रहेको छ । तराई–मधेसमा मनाइने चाडपर्वमध्ये जितिया एक हो । यो व्रत सन्तान प्राप्ति तथा सन्तानको दीर्घायु र सुस्वास्थ्य र सन्तानप्रतिको ममतासँग जोडिएको कठोर व्रत हो । यो व्रत परापूर्वकालदेखि तराई मधेशका महिलाले गर्दै आएका छन् । यो व्रत थारू समुदायले पनि उत्तिकै महत्त्वका साथ गर्दै आइरहेका छन् ।
यस वर्ष आज षष्टि तिथिदेखि तराई–मधेश महिलाले यो व्रत विधिवत् सुरू गरेका छन् । आज पोखरी वा तलाउमा गएर नुहाएर विधिवत् व्रतको प्रक्रिया सुरू गर्ने र शनिबार सप्तमा तिथिको दिन निराधार पानी पनि नखाई व्रत बस्ने छन् ।
व्रतको विधि
यस व्रतको अघिल्लो दिन महिला बिहानै उठेर घर आँगन लिपपोत गरेर चोखो पार्छन् । पिना, तेल, घिरौलाको पात, जियलको पात, बाँसको पात, नयाँ लुगा बोकेर महिला समूहमा पोखरी, नदि वा जलाशय गएर र पिनाले नुहाउँछन् । नयाँ लुगा लगाएर पितृ तथा ‘जिमुतवाहन’ देवतालाई पिना, तेल चढाउने गर्छन् ।
व्रतको पहिलो दिन अष्टमीको तिथिको दिन व्रतालु महिलाले नदी, पोखरी वा तलाउमा स्नान गरी सूर्य देवतालाई तोरीको तेल र पिनाको अर्घ दिएर व्रतको सङ्कल्प लिन्छन् । व्रतालुले दिवङ्गत हजुरआमा सासूआमालगायत तीन पुस्ताभित्रको नाता पर्ने पितृ महिलालाई तर्पण दिने चलन छ । यस व्रतलाई षोडष मातृका श्राद्घ पनि भन्ने गरेको राजविराज नगरपालिका–२ का ७५ वर्षीया शम्भु मिश्रले बताउनुभयो ।
व्रतको अघिल्लो दिन बेलुका व्रतालु महिलाले विभिन्न प्रकारका खाना, दही, मिठाइ, माछा, कोदोको रोटी अनिवार्य रूपमा खाने चलन छ । भोलिपल्ट बिहान ३ देखि ४ बजे व्रतालुले आँगनमा घिरौलाको पातमा पितृ तथा जिमुतवाहनलाई दही, चिउरा,चिनी, केरा, मिठाइ, पान, सुपारी चढाउने गर्छन् ।
व्रत लिएको दिन बेलुकी जतिजना छोरा छन्, त्यति वटा नरिवल, फलफूललगायत पूजाका सामग्री राखेर डाली भर्छन् । डालीलाई छोराले मानको पातले छोपिदिन्छ । व्रतको समय सकेपछि घरमा भएको छोरा, नातिले डाली खोल्ने गर्छन् । डालीबाट प्रसाद झिकेर पुनः पितृ र जिमुतवाहनलाई चढाई सबैलाई बाँडेर दिएपछि व्रतालु महिलाले पानी पिउने र अन्य खानेकुरा खाने चलन छ ।
व्रत लिइसकेपछि व्रतालुको स्वास्थ्यमा जतिसुकै ठुलो समस्या आए पनि व्रत तोड्दैनन् । स्वास्थ्यमा समस्या रहेको बिरामीबाहेक छोरा भएका सबै आमाले छोराको दीर्घायु र सुस्वास्थ्यका लागि अनिवार्य व्रत लिँदै आएका छन् ।
सन्तान जन्मिनुअघि व्रत सुरु गरेकी गर्भवती भएपछि पनि व्रत बस्नैपर्ने हुन्छ । यस्तो भएपछि २४ घण्टा होस् वा ३६ घण्टा, व्रत बस्दा कुनै जटिल समस्या आइपर्ला कि भन्ने डर व्रतालुमा रहन्छ । व्रत बसेन भने सन्तानलाई केही भइदेला कि भन्ने डर पनि उत्तिकै रहन्छ । पानी नखाई व्रत बस्न समस्या भएपछि स्लाइन पानी चढाएर पनि व्रत बस्नुपर्ने बाध्यता रहेको छ ।
यो व्रतमा डाली छोप्ने वा खोल्ने काम छोरा, नाति, श्रीमान्ले गर्ने, उनीहरू नभएका बेला छोरी, नातिनी घरमा भए पनि नातेदार वा छिमेकीको छोरा मान्छेलाई बोलाएर भएपनि डाली खोल्न लगाउने तर छोरी, नातिनीलाई अधिकांश परिवारमा खोल्न लगाइँदैन ।
यस व्रतले आपसी सद्भाव कायम गर्नुका साथै मनोरञ्जन पनि प्रदान गरेको छ । महिलाले आफूभित्र भएको क्षमता प्रस्तुत गर्ने अवसर पनि पाउन थालेका छन् । आफन्त, साथी र छिमेकी मिलेर जितियाको सामूहिक दर खाने चलन सुरु भएको छ ।
वर्ष दिनदेखि भेटघाट हुन नसकेका साथीसङ्गी, आफन्त एक आपसमा भेटघाट गरेर शुभकामना आदानप्रदान गर्ने, सामूहिक रूपमा मीठो मसिनो खाने प्रचलन बढेपछि एक अर्काबीच सम्बन्ध सुमधुर बनाउन सहयोग मिलेको छ ।
जितियासम्बन्धी गीत, कथालगायत महिलामा भएको प्रतिभा प्रस्तुत गर्ने अवसर सामूहिक कार्यक्रममा जुट्न थालेको छ । कम खर्चमा हुने धार्मिक दृष्टिले एकदमै महत्त्व बोकेको व्रतका रूपमा पनि यसलाई लिन सकिन्छ । जियल, बाँसर घिरौँलाका पात अनिवार्य चढाइने हुनाले प्रकृति र पर्यावरण रक्षा गर्नुपर्छ भन्ने सन्देशसमेत यस व्रतले दिँदै आएको छ ।
सोह्रश्राद्ध सुरु भएकै अवधिमा यो व्रत गर्नुपर्ने चलन रहेकाले यस व्रतमा छोरी, बुहारी सबैले पितृलाई सम्मान गरेको पाइन्छ । छोराले मात्र सोह्रश्राद्धमा पितृको श्राद्ध गर्ने प्रचलनमा सकारात्मक परिवर्तन गर्दै कतैकतै छोरीले सुरु गरे पनि यो व्रतमा त सदियौँदेखि महिलाले पनि पितृलाई पानी दिने, प्रसादी चढाउने परम्पराले पितृप्रति महिलालाई सुरुदेखि नै जिम्मेवार बनाएको छ । यस्ता पक्षलाई यो व्रतको एकदमै सकारात्मक रूपमा महिलाले लिएका छन् । रासस
अध्यक्ष/सम्पादक
हेमन क्षेत्री
प्रबन्ध निर्देशक
गणेश के.सी.
९७४३२५१५४२
प्रमुख कार्यकारी अधिकृत
मेहर सिंह के.सी.
९८५७०६१४१६
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
संवाददाता
बिनोद थापा
डब्लु बम रावल (९८४९९१६७०८)
जनसम्पर्क अधिकृत
अस्मिता भुसाल (९७६७६३३८१५)
क्यामेरा पर्शन
शिशिर कार्की (9813901361)
व्यवस्थापक
आविष्कार खत्री
लुम्बिनी व्युरो
अनिल कुमार चौधरी (९८६७४४७१०६)
आइटी शाखा
रमेश ज्ञवाली
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
लुम्बिनी गणेश मिडिया प्रा.लि.
का.म.पा.–२९, मैतिदेबी, काठमाडौं ।
फोन : 984-3497533
ईमेल : thelumbini2080@gmail.com
सूचना विभाग द.प्र.प.नं. : ४९६६–०८१/०८२
दर्ता मिति : २०८१/१२/११
प्रेस काउन्सिल नेपाल अनलाइन सञ्चार माध्यम सूचिकरण प्रमाणपत्र नं. ४९७३–०८१/०८२
दर्ता मिति : २०८२/०२/०४
about-us
© 2026 All right reserved to thelumbini.com | Site By : Sobij