खलङ्गा (दार्चुला) : भारतको उत्तराखण्डस्थित पिथौरागढ जिल्लाको धारचुला तहसिलअन्तर्गत छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका ४८ घण्टाका लागि खोलिने भएको छ।
बाँधमा जमेको सिल्ट (गेग्रान) सफा गर्न ढोका खोल्न लागिएको हो। बाँधका ढोका खोलिएपछि महाकाली नदीको जलस्तर बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले बिहीबार सार्वजनिक सूचना जारी गर्दै असोज १७ गते राति १ बजेदेखि असोज १९ गते राति १ बजेसम्म धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका खोलिने जनाएको छ।
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीका अनुसार एनएचपीसी लिमिटेड, धौलीगङ्गा पावर स्टेसन तपोवन भारतबाट बाँधका ढोका खोल्ने सम्बन्धमा जानकारी प्राप्त भएपछि स्थानीयलाई सतर्क गराइएको हो।
उहाँका अनुसार ४८ घण्टासम्म बाँधका ढोका खोलिने भएकाले महाकाली नदीमा पानीको सतह बढ्न सक्ने सम्भावना छ। त्यसैले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक पूर्वसतर्कता अपनाउन आग्रह गरिएको छ।
महाकाली नदी दार्चुलाबाट बैतडी, डडेल्धुरा र कञ्चनपुर हुँदै भारततर्फ बग्ने भएकाले नदीको बहाव र जलस्तर बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै प्रशासनले नदी छेउछाउमा नजान आग्रह गरेको छ।
दार्चुलाको व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिका–३ लालीसम्म महाकाली नदीको तटीय क्षेत्रमा रहेका बासिन्दालाई विशेष सावधानी अपनाउन तथा आवश्यक परे सुरक्षित स्थानमा बस्न प्रशासनले सूचित गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी धामीका अनुसार भारतीय पक्षले वर्षायाममा परियोजनाको सरसफाइका क्रममा बेला–बेला बाँधका ढोका खोल्दै आएको छ। बाँध खोल्नुअघि भारतीय पक्षले नेपाली प्रशासनलाई जानकारी गराउँदै आएको उहाँले बताउनुभयो।
छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको विद्युत् उत्पादन क्षमता २८० मेगावाट रहेको छ।
परियोजनाको बाँधका ढोका खोल्दा महाकाली नदीमा जलस्तर बढ्न सक्ने भएकाले नदीमा माछा मार्ने, नुहाउने, नदी पार गर्ने तथा अन्य प्रयोजनका लागि नदी किनारमा नजान प्रशासनले आग्रह गरेको छ।
अध्यक्ष/सम्पादक
हेमन क्षेत्री
प्रबन्ध निर्देशक
गणेश के.सी.
९७४३२५१५४२
प्रमुख कार्यकारी अधिकृत
मेहर सिंह के.सी.
९८५७०६१४१६
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
संवाददाता
बिनोद थापा
डब्लु बम रावल (९८४९९१६७०८)
जनसम्पर्क अधिकृत
अस्मिता भुसाल (९७६७६३३८१५)
क्यामेरा पर्शन
शिशिर कार्की (9813901361)
व्यवस्थापक
आविष्कार खत्री
लुम्बिनी व्युरो
अनिल कुमार चौधरी (९८६७४४७१०६)
आइटी शाखा
रमेश ज्ञवाली
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
लुम्बिनी गणेश मिडिया प्रा.लि.
का.म.पा.–२९, मैतिदेबी, काठमाडौं ।
फोन : 984-3497533
ईमेल : thelumbini2080@gmail.com
सूचना विभाग द.प्र.प.नं. : ४९६६–०८१/०८२
दर्ता मिति : २०८१/१२/११
प्रेस काउन्सिल नेपाल अनलाइन सञ्चार माध्यम सूचिकरण प्रमाणपत्र नं. ४९७३–०८१/०८२
दर्ता मिति : २०८२/०२/०४
about-us
© 2026 All right reserved to thelumbini.com | Site By : Sobij