काठमाडौं । काठमाडौं महानगरपालिकाले अब विभिन्न निकाय तथा व्यक्तिलाई पठाउने आधिकारिक पत्राचार हुलाक सेवामार्फत गर्ने भएको छ। यसका लागि महानगरपालिकाले गोश्वारा हुलाक कार्यालय, डिल्लीबजारसँग सम्झौता गरेको छ।
सम्झौताअनुसार महानगरपालिकाले पत्र, प्रतिवेदन, निमन्त्रणा, प्रमाणपत्र, पार्सललगायत हुलाक वस्तु सम्बन्धित प्राप्तकर्तासम्म सुरक्षित र तोकिएको समयमा पुर्याउन हुलाक सेवा प्रयोग गर्नेछ।
महानगरपालिकाका प्रशासन विभाग प्रमुख महेश काफ्लेका अनुसार महानगरबाट हुने पत्राचारलाई व्यवस्थित, सुरक्षित र समयमै सम्बन्धित व्यक्तिसम्म पुर्याउन सम्झौता गरिएको हो।
महानगरपालिकाका विभिन्न विभाग, महाशाखा, सचिवालय, एकाइ तथा आयोजनाबाट चलानी हुने पत्रहरू केन्द्रीय सम्पर्क एकाइमा संकलन गरिनेछ। त्यसपछि प्राप्तकर्ताको नाम, ठेगाना तथा सम्पर्क विवरणसहित हुलाक कार्यालयलाई उपलब्ध गराइनेछ।
हुलाक कार्यालयले महानगरबाट प्राप्त हुलाक वस्तुलाई प्रणालीमा प्रविष्ट गरी वर्गीकरण गर्नेछ। त्यसपछि हुलाक कार्यालय वा डेलिभरी एजेन्टमार्फत सम्बन्धित प्राप्तकर्तालाई वस्तु बुझाइनेछ। वितरणपछि प्राप्त हुने भर्पाइ महानगरपालिकालाई उपलब्ध गराइने र सेवाबापतको मासिक बिलसमेत पेस गर्ने व्यवस्था गरिएको छ।
सम्झौताअनुसार काठमाडौं महानगरपालिका क्षेत्रभित्र अत्यन्त जरुरी पत्र तथा हुलाक वस्तुका लागि ‘सेम डे’ सेवा उपलब्ध हुनेछ। यो सेवाअन्तर्गत बढीमा दुई किलोग्रामसम्मका हुलाक वस्तु पठाउन सकिनेछ।
त्यस्तै, दुई किलोग्रामसम्मका पत्र वा अन्य सामानका लागि रजिस्ट्री सेवा प्रयोग गर्न सकिनेछ। आवश्यकताअनुसार एक्सप्रेस मेल सर्भिस (द्रुत डाँक सेवा), पार्सललगायत अन्य हुलाक सेवा पनि प्रयोग गरिने महानगरपालिकाले जनाएको छ।
रजिस्ट्री तथा पार्सलमार्फत पठाइएका वस्तु अर्को दिन वितरण गर्ने व्यवस्था गरिएको छ।
काठमाडौं महानगरपालिका बाहेक काठमाडौं जिल्लाका अन्य स्थानीय तह तथा ललितपुर र भक्तपुरका लागि रजिस्ट्री सेवाअन्तर्गत अर्को दिन हस्तान्तरण गरी सम्भव भएसम्म सोही दिन वा अर्को दिन वितरण गर्ने व्यवस्था सम्झौतामा गरिएको छ। अन्य जिल्लामा भने प्रचलित हुलाक सेवाको डाँक सञ्चालन तालिकाअनुसार सेवा प्रदान गरिनेछ।
हुलाक वस्तु हराउने, च्यातिने वा टुटफुट हुने जोखिम न्यूनीकरण गर्न महानगरपालिकाले वस्तुको सुरक्षित प्याकेजिङ गर्नुपर्ने सम्झौतामा उल्लेख छ। हुलाक कार्यालयले वस्तु प्राप्त भएदेखि सम्बन्धित व्यक्तिलाई वितरण नगरेसम्म उच्च सावधानी अपनाउनुपर्नेछ।
प्राप्तकर्ताले हुलाक वस्तु बुझ्न नमानेमा वा कुनै कारणले वितरण हुन नसकेमा उक्त वस्तु महानगरपालिकाको सम्पर्क एकाइमा फिर्ता गरिनेछ।
महानगरपालिकाका अनुसार गोश्वारा हुलाक कार्यालयसँग गरिएको यो सम्झौता एक वर्षका लागि हो।
अध्यक्ष/सम्पादक
हेमन क्षेत्री
प्रबन्ध निर्देशक
गणेश के.सी.
९७४३२५१५४२
प्रमुख कार्यकारी अधिकृत
मेहर सिंह के.सी.
९८५७०६१४१६
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
संवाददाता
बिनोद थापा
डब्लु बम रावल (९८४९९१६७०८)
जनसम्पर्क अधिकृत
अस्मिता भुसाल (९७६७६३३८१५)
क्यामेरा पर्शन
शिशिर कार्की (9813901361)
व्यवस्थापक
आविष्कार खत्री
लुम्बिनी व्युरो
अनिल कुमार चौधरी (९८६७४४७१०६)
आइटी शाखा
रमेश ज्ञवाली
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
लुम्बिनी गणेश मिडिया प्रा.लि.
का.म.पा.–२९, मैतिदेबी, काठमाडौं ।
फोन : 984-3497533
ईमेल : thelumbini2080@gmail.com
सूचना विभाग द.प्र.प.नं. : ४९६६–०८१/०८२
दर्ता मिति : २०८१/१२/११
प्रेस काउन्सिल नेपाल अनलाइन सञ्चार माध्यम सूचिकरण प्रमाणपत्र नं. ४९७३–०८१/०८२
दर्ता मिति : २०८२/०२/०४
about-us
© 2026 All right reserved to thelumbini.com | Site By : Sobij