काठमाडौं । यमनका हूथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादस्थित अरामको तेल प्रशोधन केन्द्रमाथि गरिएको हमलाको जिम्मेदारी लिएको बीबीसी न्यूज पर्सिअनले जनाएको छ।
समाचार संस्थाहरूले जनाएअनुसार हूथीहरूले शनिवारको हमलामा बलिस्टिक क्षेस्यास्त्र तथा ड्रोनहरूको प्रयोग गरेका थिए।
साउदी अरबले यमनको राजधानी साना र अरू क्षेत्रहरूमा गरेका आक्रमणहरूको जवाफ स्वरूप आफूहरूले हमला गरेको हूथी विद्रोहीहरूले बताएका छन्।
यसअघि एक जना प्रत्यक्षदर्शीले समाचार संस्था रोएटर्सलाई बताएअनुसार शनिवार बिहान रियादस्थित अरामको तेल प्रशोधन केन्द्रनजिकै धुवाँ र आगोको मुस्लो देखिएको थियो।
साउदी अरबका अधिकारीहरूले अरामको तेल प्रशोधन केन्द्रमाथि आक्रमण गरिएको अझैसम्म पुष्टि गरेका छैनन्।
अरामकोले पनि हालसम्म कुनै प्रतिक्रिया दिएको छैन। साउदी सरकार स्वामित्वको अरामको विश्वका ठूला ऊर्जा तथा रसायन कम्पनीहरूमध्ये एक हो।
यसअघि सेप्टेम्बर दोस्रो सातातिर इराकी भूमिबाट गरिएको ड्रोन हमलापछि साउदी अरबले एउटा महत्त्वपूर्ण तेलको पाइपलाइन बन्द गरेको थियो।
बाह्र सय किलोमिटर लामो उक्त पाइपलाइनले विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरबलाई होर्मुज जलमार्ग प्रयोग नगरीकनै आपूर्ति गर्न मद्दत पुर्याउँदै आएको छ।
यसैबीच यमनको सरकारी सेनाले राजधानी साना र हुथीको बलियो पकड रहेको सादामा इरान समर्थित हूथी विद्रोहीहरूमाथि आक्रमण गरिरहेको जनाएको छ।
सेनाले प्रमुख स्थानहरूलाई निशाना बनाइरहेको एक जना प्रवक्ताले बताएका छन्। यसअघि हूथी विद्रोहीद्वारा सञ्चालित अल मसिराह टीभीले साउदी लडाकु विमानहरूले राजधानीमा बारम्बार आक्रमण गरेको जनाएको थियो।
इरानसँग युद्ध शुरू भएदेखि हूथीहरूले साउदी तेल प्रशोधन केन्द्रहरू र जहाजहरूलाई लक्षित गर्दै साउदी अरबमाथि नौसैनिक नाकाबन्दी लगाएका छन्।
हूथी विद्रोहीहरूले रेड सीको तटमा पर्ने रणनीतिक बिन्दुहरूमाथि पनि नियन्त्रण कायम गरेका छन्।
इरान समर्थित हूथी विद्रोहीहरूले यसै वर्षको जुलाई महिनायता साउदी अरबमाथि आक्रमण बढाएको बताइन्छ।
हूथीहरूले साउदी अरबको समर्थन रहेको यमनको सरकारविरुद्ध गृहयुद्ध गरिरहेका छन्। यमनको उक्त सरकारले अन्तर्राष्ट्रिय मान्यता पाएको छ।
संयुक्त राष्ट्रसङ्घका अनुसार यमनमा पछिल्लो समय जारी लडाइँका कारण हजारौँ मानिसहरू विस्थापित भएको समाचार बीबीसीले लेखेको छ ।
अध्यक्ष/सम्पादक
हेमन क्षेत्री
प्रबन्ध निर्देशक
गणेश के.सी.
९७४३२५१५४२
प्रमुख कार्यकारी अधिकृत
मेहर सिंह के.सी.
९८५७०६१४१६
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
संवाददाता
बिनोद थापा
डब्लु बम रावल (९८४९९१६७०८)
जनसम्पर्क अधिकृत
अस्मिता भुसाल (९७६७६३३८१५)
क्यामेरा पर्शन
शिशिर कार्की (9813901361)
व्यवस्थापक
आविष्कार खत्री
लुम्बिनी व्युरो
अनिल कुमार चौधरी (९८६७४४७१०६)
आइटी शाखा
रमेश ज्ञवाली
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
लुम्बिनी गणेश मिडिया प्रा.लि.
का.म.पा.–२९, मैतिदेबी, काठमाडौं ।
फोन : 984-3497533
ईमेल : thelumbini2080@gmail.com
सूचना विभाग द.प्र.प.नं. : ४९६६–०८१/०८२
दर्ता मिति : २०८१/१२/११
प्रेस काउन्सिल नेपाल अनलाइन सञ्चार माध्यम सूचिकरण प्रमाणपत्र नं. ४९७३–०८१/०८२
दर्ता मिति : २०८२/०२/०४
about-us
© 2026 All right reserved to thelumbini.com | Site By : Sobij