काठमाडौं : डा. गोपीकृष्ण न्यौपानेले करिब पाँच वर्षको अनुसन्धानपछि तयार पारेको ‘उदयपुर सिमेन्ट उद्योग लिमिटेडको सञ्चालन चुनौतीहरू र दीगो समाधानको विश्लेषण’ शीर्षकको अनुसन्धान प्रतिवेदन उद्योगमन्त्री दीपक कुमार साहसमक्ष प्रस्तुत गरेका छन् ।
उदयपुर सिमेन्ट उद्योग लिमिटेडसहित अन्य सरकारी संस्थानहरूको सञ्चालनमा देखिएका चुनौती पहिचान गरी दीगो समाधानका उपाय सुझाउने उद्देश्यले तयार पारिएको उक्त अनुसन्धानले सरकारी संस्थानको प्रभावकारी सञ्चालनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
डा. न्यौपानेले अनुसन्धान प्रतिवेदन तथा त्यससँग सम्बन्धित ‘थेसिस’ र ‘कन्क्लुजन–रिकमेन्डेसन’ को छुट्टाछुट्टै प्रति मन्त्री साहलाई हस्तान्तरण गरेका हुन् ।
प्रतिवेदन ग्रहण गर्दै मन्त्री साहले अनुसन्धानलाई उत्साहका साथ स्वागत गरेका थिए। सरकारी स्वामित्वका उद्योग तथा संस्थानको सञ्चालन, व्यवस्थापन र दीगो सुधारका लागि अनुसन्धानबाट प्राप्त निष्कर्ष उपयोगी हुन सक्ने अपेक्षा गरिएको छ ।
डा. न्यौपानेले केही दिनअघि मात्रै उक्त विषयमा पीएचडी उपाधि हासिल गरेका थिए। करिब पाँच वर्षको अध्ययन, अनुसन्धान र विश्लेषणपछि तयार पारिएको अनुसन्धानमा उदयपुर सिमेन्ट उद्योगका सञ्चालन चुनौती तथा तिनको दीगो समाधानका सम्भावित उपायहरू समेटिएका छन् ।
अनुसन्धान प्रतिवेदन मन्त्रीसमक्ष प्रस्तुत गरेपछि डा. न्यौपानेले छोटो समयमा भेटका लागि समय उपलब्ध गराएकोमा मन्त्री साहप्रति आभार व्यक्त गरेका छन् ।
साथै भेटको समय व्यवस्थापनमा सहयोग गर्ने मन्त्रीको सचिवालयका कर्मचारी सन्ध्या सिग्देल र प्रमिला पौडेललाई समेत डा. न्यौपानेले धन्यवाद दिएका छन् ।
अध्यक्ष/सम्पादक
हेमन क्षेत्री
प्रबन्ध निर्देशक
गणेश के.सी.
९७४३२५१५४२
प्रमुख कार्यकारी अधिकृत
मेहर सिंह के.सी.
९८५७०६१४१६
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
संवाददाता
बिनोद थापा
डब्लु बम रावल (९८४९९१६७०८)
जनसम्पर्क अधिकृत
अस्मिता भुसाल (९७६७६३३८१५)
क्यामेरा पर्शन
शिशिर कार्की (9813901361)
व्यवस्थापक
आविष्कार खत्री
लुम्बिनी व्युरो
अनिल कुमार चौधरी (९८६७४४७१०६)
आइटी शाखा
रमेश ज्ञवाली
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
लुम्बिनी गणेश मिडिया प्रा.लि.
का.म.पा.–२९, मैतिदेबी, काठमाडौं ।
फोन : 984-3497533
ईमेल : thelumbini2080@gmail.com
सूचना विभाग द.प्र.प.नं. : ४९६६–०८१/०८२
दर्ता मिति : २०८१/१२/११
प्रेस काउन्सिल नेपाल अनलाइन सञ्चार माध्यम सूचिकरण प्रमाणपत्र नं. ४९७३–०८१/०८२
दर्ता मिति : २०८२/०२/०४
about-us
© 2026 All right reserved to thelumbini.com | Site By : Sobij