काठमाडौं । प्रविधि कम्पनी योद्धाल्याबले ग्राहक व्यवस्थापन सफ्टवेयर (सीआरएम) ‘KudosCRM’ सार्वजनिक गरेको छ । साना तथा मझौला व्यवसायलाई लक्षित गरी नेपालमै विकास गरिएको यो सफ्टवेयरमार्फत ग्राहकले पहिलो पटक सोधपुछ गरेदेखि बिल भुक्तानी र पुनः खरिदसम्मको काम एउटै ठाउँबाट गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार नेपालमा धेरै व्यवसायले ग्राहकसम्बन्धी विवरण फोन, भाइबर र ह्वाट्सएपका म्यासेज, नोटबुक, एक्सेल सिट तथा कर्मचारीको सम्झनामा छरिएर राख्ने गरेका छन् । यसका कारण सोधपुछको समयमै जवाफ नजाने, कर्मचारी फेरिँदा ग्राहकको विवरण हराउने र बाँकी भुक्तानी पत्ता लगाउन कठिन हुने गरेको कम्पनीको भनाइ छ । यही समस्या समाधान गर्ने उद्देश्यले सफ्टवेयर विकास गरिएको कम्पनीले उल्लेख गरेको छ ।
‘नेपालमा हरेक पसलसँग उधारोको खाता हुन्छ, तर कसले के सोध्यो, कसलाई जवाफ दिन बाँकी छ र कुन ग्राहक फर्किएन भन्ने खाता कसैसँग हुँदैन,’ कम्पनीका सह-संस्थापक राजेश रेग्मीले भनेका छन्, ‘ग्राहक गुमाउँदा सबैभन्दा बढी असर साना व्यवसायलाई नै पर्छ । हामीले उनीहरूका लागि त्यही खाता बनाएका छौं ।’
कम्पनीका अनुसार वेबसाइटको फारम, बुकिङ लिंक वा वेबसाइट च्याटमार्फत आएको सोधपुछ सफ्टवेयरमा स्वतः सम्भावित ग्राहक (लिड) का रूपमा दर्ता हुन्छ । ग्राहक कुन माध्यमबाट आए, जस्तै फेसबुक विज्ञापनबाट, भन्ने विवरण पनि स्वतः रेकर्ड हुने कम्पनीले जनाएको छ ।
ग्राहकको नाम, सम्पर्क, सोधिएका विषय, फोन, इमेल र भेटघाटको विवरण एउटै पृष्ठमा रहने भएकाले कर्मचारी फेरिए पनि विवरण नहराउने कम्पनीको दाबी छ ।
सफ्टवेयरमार्फत व्यवसायीले ग्राहकलाई कोटेसनको लिंक पठाउन र ग्राहकले मोबाइलमै हेरेर अनलाइन स्वीकृति दिन सक्ने कम्पनीले बताएको छ । कम्पनीका अनुसार स्वीकृत कोटेसनबाटै इनभ्वाइस तयार हुन्छ र कुन बिलको भुक्तानी भयो, कुन बाँकी छ तथा कुनको म्याद नाघ्यो भन्ने एउटै स्क्रिनमा हेर्न सकिन्छ ।
बिक्रीपछि आएका गुनासो सोही ग्राहकको पृष्ठमा टिकटका रूपमा दर्ता गर्न र तोकिएको समयमा फलोअपका लागि रिमाइन्डर राख्न सकिने कम्पनीले जनाएको छ । कति सोधपुछ आयो, कति बिक्रीमा परिणत भयो र कति किन गुम्यो भन्ने विवरण ड्यासबोर्डमा हेर्न सकिने कम्पनीको भनाइ छ ।
सफ्टवेयरको शुल्क खल्तीमार्फत नेपाली रुपैयाँमा तिर्न सकिने कम्पनीले जनाएको छ । यसले विदेशी सफ्टवेयर प्रयोग गर्दा डलर कार्ड चाहिने समस्या हटाउने कम्पनीको दाबी छ ।
कम्पनीले भारतलगायत अन्य देशका व्यवसायलाई पनि सफ्टवेयर बिक्री सुरु गरिसकेको जनाएको छ । सफ्टवेयर kudoscrm.com मार्फत उपलब्ध छ ।
अध्यक्ष/सम्पादक
हेमन क्षेत्री
प्रबन्ध निर्देशक
गणेश के.सी.
९७४३२५१५४२
प्रमुख कार्यकारी अधिकृत
मेहर सिंह के.सी.
९८५७०६१४१६
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
संवाददाता
बिनोद थापा
डब्लु बम रावल (९८४९९१६७०८)
जनसम्पर्क अधिकृत
अस्मिता भुसाल (९७६७६३३८१५)
क्यामेरा पर्शन
शिशिर कार्की (9813901361)
व्यवस्थापक
आविष्कार खत्री
लुम्बिनी व्युरो
अनिल कुमार चौधरी (९८६७४४७१०६)
आइटी शाखा
रमेश ज्ञवाली
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
लुम्बिनी गणेश मिडिया प्रा.लि.
का.म.पा.–२९, मैतिदेबी, काठमाडौं ।
फोन : 984-3497533
ईमेल : thelumbini2080@gmail.com
सूचना विभाग द.प्र.प.नं. : ४९६६–०८१/०८२
दर्ता मिति : २०८१/१२/११
प्रेस काउन्सिल नेपाल अनलाइन सञ्चार माध्यम सूचिकरण प्रमाणपत्र नं. ४९७३–०८१/०८२
दर्ता मिति : २०८२/०२/०४
about-us
© 2026 All right reserved to thelumbini.com | Site By : Sobij