Oct 08 2026 | २०८३, आश्विन २२ गते

Oct 08 2026 | २०८३, आश्विन २२ गते

कांग्रेस सभापतिका लागि गगन थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन्। पार्टीको १५औं महाधिवेशनअन्तर्गत २२ असोजमा हुने निर्वाचनका लागि गगनकुमार थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरले सभापति पदमा उम्मेदवारी दिएका हुन्।

निर्वाचन समितिका अनुसार सभापतिका लागि सबैभन्दा पहिले नेता श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गराएका थिए।

त्यसपछि साँझ करिब साढे ६ बजे नेता गगनकुमार थापाले सभापति पदमा उम्मेदवारी दर्ता गराए। थापापछि किशोरसिंह राठौर मनोनयन दर्ताका लागि निर्वाचन समितिसमक्ष पुगेका थिए।

राठौरले केहीबेरअघि मात्रै सभापति पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। उनी नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा निर्वाचित भएका थिए।

यससँगै १५औं महाधिवेशनमा कांग्रेस सभापतिका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार