काठमाडौं : बडादसैंका अवसरमा यात्रुहरूको सहज तथा सुरक्षित आवागमन सुनिश्चित गर्न घटस्थापनादेखि पूर्णिमासम्म देशभर सार्वजनिक सवारीसाधनको रुट परमिट खुला गरिने भएको छ।
यातायात व्यवस्था विभागमा मंगलबार नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायीलगायत सरोकारवाला निकायबीच भएको बैठकले दसैं अवधिभर देशभर सार्वजनिक सवारीसाधनका लागि रुट परमिट खुला गर्ने निर्णय गरेको हो।
बैठकले दसैंका लागि लामो दूरीका सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुला गर्ने निर्णयसमेत गरेको छ। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद सिटौलाले यात्रुको चापलाई ध्यानमा राख्दै अग्रिम टिकट बुकिङको व्यवस्था गर्न लागिएको जानकारी दिए।
उनका अनुसार सडकको अवस्थालाई मध्यनजर गर्दै दसैं अवधिमा राजमार्गमा यात्रुवाहक सवारीसाधनलाई पहिलो प्राथमिकता दिइनेछ। यात्रुवाहक सवारीसाधन सञ्चालनपछि मात्रै अन्य सवारीसाधनलाई प्राथमिकता दिने व्यवस्था मिलाइनेछ।
यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले दसैंमा यात्रुले टिकट नपाएर सास्ती खेप्न नपरोस् र सुरक्षित रूपमा गन्तव्यसम्म पुग्न सकून् भन्ने उद्देश्यले आवश्यक व्यवस्थापकीय तयारी थालिएको बताए।
दसैंका बेला काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरबाट ठूलो संख्यामा नागरिक घर फर्किने भएकाले यातायात व्यवस्थापन, सवारी भाडा नियन्त्रण तथा यात्रु सुरक्षामा विशेष निगरानी गरिने विभागले जनाएको छ।
यात्रुको चाप व्यवस्थापन गर्न सम्बन्धित निकायबीच समन्वय बढाउने, सवारी सञ्चालनलाई व्यवस्थित बनाउने तथा सडक सुरक्षामा विशेष ध्यान दिने तयारीसमेत गरिएको छ।
अध्यक्ष/सम्पादक
हेमन क्षेत्री
प्रबन्ध निर्देशक
गणेश के.सी.
९७४३२५१५४२
प्रमुख कार्यकारी अधिकृत
मेहर सिंह के.सी.
९८५७०६१४१६
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
संवाददाता
बिनोद थापा
डब्लु बम रावल (९८४९९१६७०८)
जनसम्पर्क अधिकृत
अस्मिता भुसाल (९७६७६३३८१५)
क्यामेरा पर्शन
शिशिर कार्की (9813901361)
व्यवस्थापक
आविष्कार खत्री
लुम्बिनी व्युरो
अनिल कुमार चौधरी (९८६७४४७१०६)
आइटी शाखा
रमेश ज्ञवाली
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
लुम्बिनी गणेश मिडिया प्रा.लि.
का.म.पा.–२९, मैतिदेबी, काठमाडौं ।
फोन : 984-3497533
ईमेल : thelumbini2080@gmail.com
सूचना विभाग द.प्र.प.नं. : ४९६६–०८१/०८२
दर्ता मिति : २०८१/१२/११
प्रेस काउन्सिल नेपाल अनलाइन सञ्चार माध्यम सूचिकरण प्रमाणपत्र नं. ४९७३–०८१/०८२
दर्ता मिति : २०८२/०२/०४
about-us
© 2026 All right reserved to thelumbini.com | Site By : Sobij