तुलसीपुर । दाङको टरीगाउँ विमानस्थलको धावनमार्ग विस्तार हुने भएपछि विमानस्थल पुनः नियमित सञ्चालनमा आउने आशा बढेको छ। आर्थिक वर्ष २०८३/८४ को बजेटमा धावनमार्ग विस्तारका लागि २५ करोड रुपियाँ विनियोजन भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसहितको प्राविधिक टोलीले बुधबार विमानस्थलको निरीक्षण गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला समितिले आयोजना गरेको ‘समग्र दाङको विकासमा टरीगाउँ विमानस्थलको महत्व’ विषयक खुला छलफलमा मन्त्री पौडेलले दुई वर्षभित्र धावनमार्ग विस्तार गरी विमानस्थललाई नियमित सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउनुभयो।
उहाँका अनुसार हालको धावनमार्ग विस्तार गरी करिब १ हजार ५ सय मिटर पुर्याउने योजना छ। विनियोजित बजेट पर्याप्त नभए पनि प्रारम्भिक चरणमा मैदान सम्याउनेलगायतका काम अघि बढाउन सकिने मन्त्री पौडेलले बताउनुभयो।
मन्त्री पौडेलले टरीगाउँ विमानस्थल सञ्चालनमा आए दाङको पर्यटन प्रवर्धनसँगै लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाको आवागमन सहज हुने बताउनुभयो।
दाङ आदिम सभ्यता, संस्कृत विश्वविद्यालय तथा सरयु सभ्यतासँग जोडिएको क्षेत्र भएकाले विमानस्थलको स्तरोन्नतिले सांस्कृतिक पर्यटन प्रवर्धनमा समेत योगदान पुग्ने उहाँको भनाइ थियो।
नेपालगन्ज र भैरहवा विमानस्थलमा मौसम प्रतिकूल हुँदा ठुला जहाज अवतरण गर्न नसक्ने अवस्थामा टरीगाउँलाई वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्न सकिने मन्त्री पौडेलले बताउनुभयो। उहाँका अनुसार करिब ७२ सिट क्षमताका जहाज सञ्चालन गर्न मिल्ने गरी विमानस्थलको पूर्वाधार विकास गर्न सकिनेछ।
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं दाङ क्षेत्र नं. २ का सांसद विपिनकुमार आचार्यले टरीगाउँ विमानस्थल लुम्बिनी र कर्णाली प्रदेशका करिब १८ लाख नागरिकको आवागमन तथा जनजीविकासँग जोडिएको बताउनुभयो।
उहाँले विमानस्थल सञ्चालनसँगै सल्यान, रुकुम, रोल्पा र सुर्खेतसँग जोडिने सडक पूर्वाधारको विकासमा समेत ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।
दाङ क्षेत्र नं. ३ का सांसद कमल सुवेदीले प्रदेश राजधानी दाङ भएकाले टरीगाउँ विमानस्थल सञ्चालन अपरिहार्य रहेको बताउनुभयो। स्वास्थ्य, शिक्षा र पर्यटनको विकासका लागि नियमित हवाईसेवा आवश्यक रहेको उहाँको भनाइ थियो।
टरीगाउँ विमानस्थलमा २०१६ सालदेखि २०४२ सालसम्म नियमित उडान हुँदै आएको थियो। त्यसपछि लामो समय सेवा अवरुद्ध भएको विमानस्थलमा २०८० सालमा सीता एयरले पुनः सेवा सुरु गरेको थियो। तर एक वर्ष नपुग्दै सेवा बन्द भएको थियो।
तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले विमानस्थल स्तरोन्नतिका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको जानकारी दिनुभयो।
उहाँका अनुसार हाल विमानस्थलको नाममा करिब ३० बिघा जग्गा रहेको छ। धावनमार्ग विस्तारका लागि विमानस्थलसँगै रहेको कपास विकास समितिको करिब चार बिघा जग्गा उपयोग गर्ने प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो।
उक्त जग्गा उपयोग गर्न सकिए धावनमार्ग विस्तारको काम अघि बढाउन सहज हुने उपप्रमुख चौधरीको भनाइ छ।
अध्यक्ष/सम्पादक
हेमन क्षेत्री
प्रबन्ध निर्देशक
गणेश के.सी.
९७४३२५१५४२
प्रमुख कार्यकारी अधिकृत
मेहर सिंह के.सी.
९८५७०६१४१६
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
संवाददाता
बिनोद थापा
डब्लु बम रावल (९८४९९१६७०८)
जनसम्पर्क अधिकृत
अस्मिता भुसाल (९७६७६३३८१५)
क्यामेरा पर्शन
शिशिर कार्की (9813901361)
व्यवस्थापक
आविष्कार खत्री
लुम्बिनी व्युरो
अनिल कुमार चौधरी (९८६७४४७१०६)
आइटी शाखा
रमेश ज्ञवाली
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
लुम्बिनी गणेश मिडिया प्रा.लि.
का.म.पा.–२९, मैतिदेबी, काठमाडौं ।
फोन : 984-3497533
ईमेल : thelumbini2080@gmail.com
सूचना विभाग द.प्र.प.नं. : ४९६६–०८१/०८२
दर्ता मिति : २०८१/१२/११
प्रेस काउन्सिल नेपाल अनलाइन सञ्चार माध्यम सूचिकरण प्रमाणपत्र नं. ४९७३–०८१/०८२
दर्ता मिति : २०८२/०२/०४
about-us
© 2026 All right reserved to thelumbini.com | Site By : Sobij