काठमाडौं । काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव बढ्दै गएपछि नेपाल एलपी ग्यास उद्योग संघले असोज २५ गतेदेखि उपत्यकाका विभिन्न ६ स्थानबाट ग्यास बिक्री वितरण गर्ने भएको छ।
ग्यासको आपूर्ति सहज बनाउँदै उपभोक्तालाई राहत दिने उद्देश्यले संघले असोज २५ देखि ३१ गतेसम्मका लागि तोकिएका बिक्री केन्द्रबाट ग्यास उपलब्ध गराउने व्यवस्था मिलाएको हो।
संघका अध्यक्ष दिवान चन्दका अनुसार नेपाल आयल निगमको समन्वय तथा ग्यास बिक्रेता महासंघको सहकार्यमा ग्यास बिक्रीको व्यवस्था गरिएको हो। तोकिएका बिक्री केन्द्रबाट बिहान ९:३० बजेदेखि अपराह्न ४:३० बजेसम्म ग्यास बिक्री गरिनेछ। साथै, ती केन्द्रमा खाली सिलिन्डर साटेर भरिएको सिलिन्डर लैजान सकिने व्यवस्था पनि गरिएको संघले जनाएको छ।
संघका अनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा फरक–फरक ब्रान्डका ग्यास बिक्री गरिनेछ।
उपत्यकामा ग्यासको आपूर्तिमा देखिएको समस्या समाधान गर्न र उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन बिक्री केन्द्र तोकिएको संघले जनाएको छ।
तोकिएको समयभित्र सम्बन्धित बिक्री केन्द्रमा पुगेर उपभोक्ताले ग्यास खरिद गर्न सक्नेछन्। खाली सिलिन्डर साटफेरको सुविधासमेत उपलब्ध हुने भएकाले ग्यास अभावबाट प्रभावित उपभोक्तालाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।
अध्यक्ष/सम्पादक
हेमन क्षेत्री
प्रबन्ध निर्देशक
गणेश के.सी.
९७४३२५१५४२
प्रमुख कार्यकारी अधिकृत
मेहर सिंह के.सी.
९८५७०६१४१६
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
संवाददाता
बिनोद थापा
डब्लु बम रावल (९८४९९१६७०८)
जनसम्पर्क अधिकृत
अस्मिता भुसाल (९७६७६३३८१५)
क्यामेरा पर्शन
शिशिर कार्की (9813901361)
व्यवस्थापक
आविष्कार खत्री
लुम्बिनी व्युरो
अनिल कुमार चौधरी (९८६७४४७१०६)
आइटी शाखा
रमेश ज्ञवाली
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
लुम्बिनी गणेश मिडिया प्रा.लि.
का.म.पा.–२९, मैतिदेबी, काठमाडौं ।
फोन : 984-3497533
ईमेल : thelumbini2080@gmail.com
सूचना विभाग द.प्र.प.नं. : ४९६६–०८१/०८२
दर्ता मिति : २०८१/१२/११
प्रेस काउन्सिल नेपाल अनलाइन सञ्चार माध्यम सूचिकरण प्रमाणपत्र नं. ४९७३–०८१/०८२
दर्ता मिति : २०८२/०२/०४
about-us
© 2026 All right reserved to thelumbini.com | Site By : Sobij