काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। सानोठिमीस्थित बोर्डको कार्यालयमा बसेको बैठक सम्पन्न भएसँगै सोमबार नतिजा प्रकाशित गरिएको हो।
बोर्डका अनुसार यस वर्ष ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ प्रतिशत विद्यार्थी नन-ग्रेड (NG) श्रेणीमा परेका छन्।
गत वैशाखमा सञ्चालन भएको कक्षा १२ को परीक्षामा देशभरका ५ हजार २०२ विद्यालयबाट करिब ५ लाख ११ हजार परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ३ लाख ९५ हजार नियमित र १ लाख १५ हजार आंशिक परीक्षार्थी रहेका थिए।
शिक्षकहरूको आन्दोलनका कारण परीक्षा तालिका प्रभावित भएको थियो। वैशाख ११ बाट सुरू हुने भनिएको परीक्षा १० दिन पछि सारिएको थियो।
नतिजा सार्वजनिक भएसँगै विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, एसएमएस सेवा तथा मोबाइल एपमार्फत आफ्नो नतिजा हेर्न सक्नेछन्।
कक्षा १२ को ग्रेड वृद्धि परीक्षा भदौ २८ र २९ गते हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
अध्यक्ष/सम्पादक
हेमन क्षेत्री
प्रबन्ध निर्देशक
गणेश के.सी.
९७४३२५१५४२
प्रमुख कार्यकारी अधिकृत
मेहर सिंह के.सी.
९८५७०६१४१६
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
संवाददाता
बिनोद थापा
डब्लु बम रावल (९८४९९१६७०८)
जनसम्पर्क अधिकृत
अस्मिता भुसाल (९७६७६३३८१५)
क्यामेरा पर्शन
शिशिर कार्की (9813901361)
व्यवस्थापक
आविष्कार खत्री
लुम्बिनी व्युरो
अनिल कुमार चौधरी (९८६७४४७१०६)
आइटी शाखा
रमेश ज्ञवाली
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
लुम्बिनी गणेश मिडिया प्रा.लि.
का.म.पा.–२९, मैतिदेबी, काठमाडौं ।
फोन : 984-3497533
ईमेल : thelumbini2080@gmail.com
सूचना विभाग द.प्र.प.नं. : ४९६६–०८१/०८२
दर्ता मिति : २०८१/१२/११
प्रेस काउन्सिल नेपाल अनलाइन सञ्चार माध्यम सूचिकरण प्रमाणपत्र नं. ४९७३–०८१/०८२
दर्ता मिति : २०८२/०२/०४
about-us
© 2026 All right reserved to thelumbini.com | Site By : Sobij