काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले दशैंतिहारको अवसरमा शिक्षकहरूलाई तलब खुवाउन स्थानीय तह र विद्यालय प्रशासनलाई कडा निर्देशन दिएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत लगातार दुई सूचनाजारी गर्दै उनले तलब नपाएका शिक्षकहरूको गुनासो नआउने गरी तत्काल व्यवस्थापन गर्न आग्रह गरेका छन्।
मन्त्री पुनले पहिलो सूचना विद्यालयका प्रधानाध्यापकहरूलाई लक्षित गर्दै लेखेका छन्। उनले भनेका छन्, "दशैंतिहारको अवसरमा विद्यालय व्यवस्थापन समितिले वा प्रधानाध्यापकले तलब निकासा नगरेको भन्ने धेरै गुनासो आएको छ। मन्त्रालयबाट तलब पहिले नै विद्यालयहरूमा पठाइएको हो। कुनै बहानामा भोलिसम्म शिक्षकहरूले तलब नपाएमा सम्बन्धित प्रधानाध्यापकलाई कानुनी कारबाही गरिनेछ।"
करीब दुई घण्टापछि उनले अर्को सूचना जारी गर्दै स्थानीय तहहरूलाई समेत चेतावनी दिएका छन्। उक्त सूचनामा उनले लेखेका छन्, "शिक्षा मन्त्रालयबाट पैसा सम्बन्धित पालिकामा पठाइसकिएको छ। तर कतिपय पालिकाले अझै पनि शिक्षक तथा प्रधानाध्यापकलाई तलब निकासा नगरेको गुनासो आएको छ। यदि भोलिसम्म नाजायज रूपमा तलब रोकिएको पाइएमा ती पालिकालाई पनि नियमअनुसार कारबाही गरिनेछ।"
पुनको यस्तो सार्वजनिक चेतावनीसँगै तलब नपाएका शिक्षकहरूलाई राहत मिल्ने आशा गरिएको छ भने गैरजिम्मेवार निकायहरू दबावमा पर्ने देखिएको छ।
अध्यक्ष/सम्पादक
हेमन क्षेत्री
प्रबन्ध निर्देशक
गणेश के.सी.
९७४३२५१५४२
प्रमुख कार्यकारी अधिकृत
मेहर सिंह के.सी.
९८५७०६१४१६
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
संवाददाता
बिनोद थापा
डब्लु बम रावल (९८४९९१६७०८)
जनसम्पर्क अधिकृत
अस्मिता भुसाल (९७६७६३३८१५)
क्यामेरा पर्शन
शिशिर कार्की (9813901361)
व्यवस्थापक
आविष्कार खत्री
लुम्बिनी व्युरो
अनिल कुमार चौधरी (९८६७४४७१०६)
आइटी शाखा
रमेश ज्ञवाली
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
लुम्बिनी गणेश मिडिया प्रा.लि.
का.म.पा.–२९, मैतिदेबी, काठमाडौं ।
फोन : 984-3497533
ईमेल : thelumbini2080@gmail.com
सूचना विभाग द.प्र.प.नं. : ४९६६–०८१/०८२
दर्ता मिति : २०८१/१२/११
प्रेस काउन्सिल नेपाल अनलाइन सञ्चार माध्यम सूचिकरण प्रमाणपत्र नं. ४९७३–०८१/०८२
दर्ता मिति : २०८२/०२/०४
about-us
© 2026 All right reserved to thelumbini.com | Site By : Sobij