विराटनगर : कोसी प्रदेश प्रहरीले विद्युत् ट्रान्सफर्मर चोरीमा संलग्न १२ जनालाई सार्वजनिक गरेको छ। चोरीमा प्रत्यक्ष संलग्न ७ जना र चोरीको सामग्री किनमेल गर्ने ५ जना व्यापारीलाई पक्राउ गरिएको प्रहरीले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।
मोरङ, सुनसरी र झापाका विभिन्न स्थानबाट ट्रान्सफर्मर चोरी भइरहेको सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालयले विशेष निगरानी र ‘स्टिङ अपरेसन’ सञ्चालन गरेको थियो। अनुसन्धानका क्रममा सिसिटिभी फुटेज विश्लेषण, शङ्कास्पद स्थानमा खानतलासी, तामा फ्याक्ट्री र भाँडा पसलमा निगरानीसमेत बढाइएको थियो।
प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीको नेतृत्वमा आयोजित पत्रकार सम्मेलनमा पक्राउ परेकाहरूको विवरण सार्वजनिक गरिएको हो। पक्राउ परेका व्यक्तिहरूमा मोरङको ग्रामथान, बेलबारी र सुनसरीको दुहबी क्षेत्रका स्थानीय युवा रहेका छन् भने एक जना भारतका नागरिकसमेत रहेका छन्। चोरीको सामग्री किन्ने व्यापारीहरू विराटनगर, दुहबी र इटहरीबाट पक्राउ परेका हुन्।
प्रहरीले उनीहरूको साथबाट ३७० किलोग्राम तामाको तार, चोरीमा प्रयोग भएका औजारहरू, पाँच थान मोटरसाइकल, एक थान पिकअप गाडी र १२ थान मोबाइल फोन बरामद गरेको छ। बरामद अन्य सामग्रीमा डायल रेन्च, सलाई रेन्च, पिलास, ह्याक्सो, छिनो, झम्पल र इलेक्ट्रिक ग्राइन्डरजस्ता उपकरणहरू छन्।
अनुसन्धानका क्रममा पक्राउ परेकाहरूले मोरङबाट ८, सुनसरीबाट १२ र झापाबाट २ वटा गरी जम्मा २२ वटा ट्रान्सफर्मर चोरी गरेको स्वीकारेका छन्।
प्रहरीले यस गिरोहलाई स्थानीय पूर्वाधारमा नोक्सानी पुर्याउने गम्भीर आपराधिक गतिविधिमा संलग्न रहेको भन्दै थप अनुसन्धान अघि बढाएको जनाएको छ।
अध्यक्ष/सम्पादक
हेमन क्षेत्री
प्रबन्ध निर्देशक
गणेश के.सी.
९७४३२५१५४२
प्रमुख कार्यकारी अधिकृत
मेहर सिंह के.सी.
९८५७०६१४१६
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
संवाददाता
बिनोद थापा
डब्लु बम रावल (९८४९९१६७०८)
जनसम्पर्क अधिकृत
अस्मिता भुसाल (९७६७६३३८१५)
क्यामेरा पर्शन
शिशिर कार्की (9813901361)
व्यवस्थापक
आविष्कार खत्री
लुम्बिनी व्युरो
अनिल कुमार चौधरी (९८६७४४७१०६)
आइटी शाखा
रमेश ज्ञवाली
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
लुम्बिनी गणेश मिडिया प्रा.लि.
का.म.पा.–२९, मैतिदेबी, काठमाडौं ।
फोन : 984-3497533
ईमेल : thelumbini2080@gmail.com
सूचना विभाग द.प्र.प.नं. : ४९६६–०८१/०८२
दर्ता मिति : २०८१/१२/११
प्रेस काउन्सिल नेपाल अनलाइन सञ्चार माध्यम सूचिकरण प्रमाणपत्र नं. ४९७३–०८१/०८२
दर्ता मिति : २०८२/०२/०४
about-us
© 2026 All right reserved to thelumbini.com | Site By : Sobij