Oct 08 2026 | २०८३, आश्विन २२ गते

Oct 08 2026 | २०८३, आश्विन २२ गते

स्कटल्याण्डको भूतप्रेतले तर्साउने गाउँ २ करोड रुपैयाँमा बिक्रीमा, फ्ल्याटभन्दा सस्तो मूल्य

काठमाडौं । विश्वमा थुप्रै यस्ता स्थानहरू छन्, जसको रहस्य अझै पनि वैज्ञानिकहरूले प्रस्ट्याउन सकेका छैनन्। यिनैमध्ये स्कटल्याण्डको एक प्राचीन गाउँ ‘ओल्ड भिलेज अफ लयर्स’ (Old Village of Lawers) पनि रहस्यमय र डरलाग्दो स्थानको रूपमा परिचित छ। भूतप्रेतले सताउने भनिएको यो गाउँ अहिले अत्यन्तै सस्तो मूल्यमा बिक्रीमा राखिएको छ।

२ करोडमै पूरै गाउँ किनिने मौका
स्कटल्याण्डको पर्थशायरमा, लोच ताइको तटमा फैलिएको यो गाउँ ३.१ एकड क्षेत्रफलमा रहेको छ। यो गाउँ अहिले १ लाख २५ हजार पाउण्डमा (करिब २ करोड नेपाली रुपैयाँ) बिक्रीको लागि खुला गरिएको हो। यो मूल्य स्कटल्याण्डका ठूला शहरहरू — जस्तै एडिनबरा वा ग्लास्गो — मा पाइने एक सामान्य फ्ल्याटको तुलनामा पनि कम हो।

इतिहास र रहस्यले भरिएको गाउँ
एडिनबरा लाइभको रिपोर्टअनुसार, यो गाउँ पुराना खण्डहर, ऐतिहासिक चर्च, र केही वर्षौं पुराना संरचनाहरूले भरिएको छ। स्थानिय विश्वास अनुसार, यहाँ कुनै समय 'लयर्सकी भविष्यवक्ता महिला' बस्ने गर्थिन्, जसले भविष्यवाणी गर्थिन् र उनको मृत्युपछि गाउँमा रहस्यमय घटनाहरू भइरहने क्रम सुरु भएको थियो।

किन्ने व्यक्तिलाई अतिरिक्त सुविधा पनि
यो गाउँ किन्ने व्यक्तिलाई केही अतिरिक्त सुविधा पनि दिइनेछ। गाउँसँगै प्राकृतिक सौन्दर्य, इतिहासप्रति रुचि राख्नेहरूका लागि अनुसन्धान र पर्यटनको सम्भावना पनि खुलेको विज्ञहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार