भोजपुर : भोजपुरको रामप्रसादराई गाउँपालिका–६ बैकुण्ठेका स्थानीय श्रमदानमार्फत धार्मिक पर्यटकीय क्षेत्र गङ्गा खोलाको संरक्षणमा जुटेका छन्। यस स्थानको संरक्षण र विकास गर्ने लक्ष्यले स्थानीयवासी श्रमदान अभियानमा जुटेका हुन्।
वडा कार्यालयको पहलमा ‘गङ्गा खोला संरक्षण श्रमदान’ अभियानमार्फत गङ्गा खोला आसपासमा वृक्षरोपण गर्ने, फूल रोप्ने, बाटो मर्मत गर्ने, झाडी हटाउने, मुहानको सरसफाइ गर्नेलगायतका काम भइरहेको वडाध्यक्ष एकराज आचार्यले बताए। यो पर्यटकीय क्षेत्रको विकासमा स्थानीय एकजुट भएर लागेको उनको भनाइ छ।
‘श्रमदानबाट गङ्गा खोलाको संरक्षण गरिरहेका छौँ,’ अध्यक्ष आचार्यले भने, ‘मानिसको आवतजावतलाई सहज बनाउन बाटो मर्मत गर्ने, बिरुवा रोप्ने, झाडी हटाउने लगायतका काम गरिरहेका छौँ।’ गङ्गा खोलाका सबै मुहान कहिले नसुक्ने, वर्षातमा धमिलो नहुने र मुहान दक्षिणबाट उत्तरतर्फ बगेकाले यसको छुट्टै महत्व रहेको वडाध्यक्ष आचार्यले बताए। यो क्षेत्रको विकासका लागि धेरै बजेट आवश्यक पर्ने भए पनि वडाले श्रमदानसँगै केही बजेट विनियोजन गरेर संरक्षणको काम गरिरहेको उनको भनाइ छ।
गोल्मे–गङ्गा पर्यटन प्रवद्र्धन समितिको संयोजन र वडाको पहलमा श्रमदान अभियान सञ्चालन भइरहेको अध्यक्ष आचार्यले बताए। गत वर्षबाट नै श्रमदानमार्फत यहाँ काम गर्दै आएको उनको भनाइ छ। प्रत्येक हप्ताको शनिबार गङ्गा खोलामा श्रमदान हुँदै आएको छ। गङ्गा खोलाको समग्र विकास, पर्यटन प्रवद्र्धन र संरक्षणका लागि वडाको निर्णयअनुसार संरक्षण श्रमदान भइरहेको छ।
वडाका स्थानीयवासी एकजुट भएर गङ्गा खोलाको संरक्षण गरिरहेको गोल्मे–गङ्गा पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष राजेन्द्रकुमार राईले जानकारी दिए। ढुङ्गाको कापबाट उम्रिएका तीन ठूला पानीका मुहान रहेको यो स्थानमा दर्शन गरे मनोकामना सिद्ध हुने धार्मिक विश्वासले भक्तजनहरू आउने अध्यक्ष राईले जानकारी दिए।
अनौठो प्रकृतिको धार्मिक र पर्यटकीय स्थल भए पनि प्रचार अभावमा ओझेलमा परेको उनको भनाइ छ। स्थानीय स्तरबाट यहाँको संरक्षणको काम थालिएको उनले जानकारी दिए। यहाँको पानीले नुहाएमा छालाको रोग निको हुने र कुनै पनि पुण्य कर्ममा चढाउने चलन रहेको उनले जानकारी दिए। यहाँ माघे सङ्क्रान्तिमा भव्य मेला लाग्ने गरेको छ।
अध्यक्ष/सम्पादक
हेमन क्षेत्री
प्रबन्ध निर्देशक
गणेश के.सी.
९७४३२५१५४२
प्रमुख कार्यकारी अधिकृत
मेहर सिंह के.सी.
९८५७०६१४१६
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
संवाददाता
बिनोद थापा
डब्लु बम रावल (९८४९९१६७०८)
जनसम्पर्क अधिकृत
अस्मिता भुसाल (९७६७६३३८१५)
क्यामेरा पर्शन
शिशिर कार्की (9813901361)
व्यवस्थापक
आविष्कार खत्री
लुम्बिनी व्युरो
अनिल कुमार चौधरी (९८६७४४७१०६)
आइटी शाखा
रमेश ज्ञवाली
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
लुम्बिनी गणेश मिडिया प्रा.लि.
का.म.पा.–२९, मैतिदेबी, काठमाडौं ।
फोन : 984-3497533
ईमेल : thelumbini2080@gmail.com
सूचना विभाग द.प्र.प.नं. : ४९६६–०८१/०८२
दर्ता मिति : २०८१/१२/११
प्रेस काउन्सिल नेपाल अनलाइन सञ्चार माध्यम सूचिकरण प्रमाणपत्र नं. ४९७३–०८१/०८२
दर्ता मिति : २०८२/०२/०४
about-us
© 2026 All right reserved to thelumbini.com | Site By : Sobij