गुल्मी । गुल्मी जिल्लामा स्वास्थ्य बीमा कार्यक्रमप्रति नागरिकको आकर्षण बढ्दै गएको देखिएको छ। स्वास्थ्य बीमा बोर्ड शाखा कार्यालय गुल्मीका अनुसार हालसम्म जिल्लामा १ लाख २३ हजार १ सय २७ जनाले स्वास्थ्य बीमा गराएका छन्, जुन जिल्लाको कुल जनसंख्या २ लाख ४६ हजार ८ सय ३६ को झण्डै ४९.९ प्रतिशत हो।
बीमा गराएकामध्ये महिला ६३ हजार ५ सय ६३ र पुरुष ५९ हजार ५ सय ६४ जना रहेका छन्।
३९ हजारभन्दा बढी परिवार अन्तर्गत बीमा
स्वास्थ्य बीमा बोर्ड शाखा कार्यालय गुल्मीका प्रमुख सुवास घिमिरेका अनुसार कुल ३९ हजार ४ सय ६२ परिवारले स्वास्थ्य बीमा गरेका छन्। तीमध्ये २० हजार ३ सय ४३ परिवारले पूर्ण बीमा शुल्क तिरेका छन्, जसअन्तर्गत ९६ हजार ८ सय ६२ जना रहेका छन्।
त्यस्तै, आधा शुल्कमा बीमा गराउने ८ सय ७८ जना महिला स्वास्थ्य स्वयंसेविका परिवार अन्तर्गत ४ हजार ५ सय ३२ जना छन्।
निःशुल्क बीमा हुनेको संख्या पनि उल्लेख्य
जिल्लामा निःशुल्क बीमा सुविधा पाउने नागरिकको संख्या पनि उल्लेखनीय छ।
– ज्येष्ठ नागरिक: १७ हजार २ सय ८८
– ‘क’ वर्ग अपांगता भएका: ७७९ परिवारका ३ हजार ९ सय २८
– एचआईभी संक्रमित: १६५ परिवारका ४८१
– कुष्ठरोगी: ३ परिवारका १२
– एमडीआर टीबी संक्रमित: ६ परिवारका २५ जना
२०७६ माघदेखि कार्यक्रम सुरु
गुल्मीमा स्वास्थ्य बीमा कार्यक्रम २०७६ सालको माघ महिनादेखि सुरु गरिएको हो। जिल्लाका ९३ वटै वडामा स्वास्थ्य बीमा कार्यक्रमका लागि स्थानीय सम्पर्क व्यक्ति परिचालित छन्।
स्वास्थ्य बीमाअन्तर्गत एक परिवार (५ जनासम्म) को लागि ३ हजार ५ सय रुपैयाँ वार्षिक शुल्कमा १ लाख रुपैयाँ बराबरको बीमा सुविधा प्राप्त गर्न सकिन्छ। सदस्य संख्या बढेमा प्रति व्यक्ति ७ सय रुपैयाँ थप गरी प्रत्येक सदस्यका लागि थप २० हजार रुपैयाँको बीमा सुविधा लिन सकिन्छ।
सरकारी अस्पतालमा सेवा लिँदा बिरामीले १० प्रतिशत मात्रै रकम तिर्नुपर्छ भने, सामुदायिक र निजी स्वास्थ्य संस्थामा २० प्रतिशतसम्म खर्च आफैंले व्यहोर्नुपर्ने व्यवस्था छ।
स्वास्थ्य सेवा पहुँचमा पुर्याउनका लागि स्वास्थ्य बीमा कार्यक्रम जिल्लामा प्रभावकारी रूपमा अगाडि बढिरहेको बताइएको छ।
अध्यक्ष/सम्पादक
हेमन क्षेत्री
प्रबन्ध निर्देशक
गणेश के.सी.
९७४३२५१५४२
प्रमुख कार्यकारी अधिकृत
मेहर सिंह के.सी.
९८५७०६१४१६
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
संवाददाता
बिनोद थापा
डब्लु बम रावल (९८४९९१६७०८)
जनसम्पर्क अधिकृत
अस्मिता भुसाल (९७६७६३३८१५)
क्यामेरा पर्शन
शिशिर कार्की (9813901361)
व्यवस्थापक
आविष्कार खत्री
लुम्बिनी व्युरो
अनिल कुमार चौधरी (९८६७४४७१०६)
आइटी शाखा
रमेश ज्ञवाली
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
लुम्बिनी गणेश मिडिया प्रा.लि.
का.म.पा.–२९, मैतिदेबी, काठमाडौं ।
फोन : 984-3497533
ईमेल : thelumbini2080@gmail.com
सूचना विभाग द.प्र.प.नं. : ४९६६–०८१/०८२
दर्ता मिति : २०८१/१२/११
प्रेस काउन्सिल नेपाल अनलाइन सञ्चार माध्यम सूचिकरण प्रमाणपत्र नं. ४९७३–०८१/०८२
दर्ता मिति : २०८२/०२/०४
about-us
© 2026 All right reserved to thelumbini.com | Site By : Sobij