काठमाडौं : वान वर्ल्ड थिएटरको प्रस्तुति, डर, नियन्त्रण र विकृत यथार्थमा आधारित चर्चित नाटक ‘फार अवे’ आज अन्तिम दिन मञ्चन हुँदैछ। साँझ ५:३० बजे, मण्डला थिएटर, थापा गाउँमा सुरु हुने यो अन्तिम शोले दर्शकलाई गहिरो भावनात्मक र मनोवैज्ञानिक यात्रामा लैजाने विश्वास लिइएको छ ।
ब्रिटिश नाटककार केरेल चर्चिल द्वारा लिखित ‘फार अवे’ एक छोटो तर प्रभावशाली डिस्टोपियन नाटक हो, जसले भय, आत्मा नियन्त्रण, र युद्धको सामान्यीकरण जस्ता संवेदनशील विषयवस्तुहरूलाई गहिरो कलात्मक शैलीमा प्रस्तुत गर्छ।
निर्देशक राजकुमार पुडासैनी भन्छन्, “नाटकले देखाउँछ कसरी बाल मनोविज्ञानमा पारिवारिक र सामाजिक परिवेशको असर पर्छ । डर, मौनता र सहमति सबै घरबाटै सुरु हुन्छ।”
२००० मा पहिलो पटक मञ्चन भएको यो नाटकमा दर्शकले यस्तो भयावह संसार देख्छन्, जहाँ नदी, जनावर, हावा र ताराहरू समेत युद्धमा प्रयोग गरिन्छन् ।
तीन कलाकारहरू समावेश गरिएको यस नाटकमा एउटै परिवारका रुजा राउत र रिशु राउत दिदीबहिनीले अभिनय प्रस्तुत गरेका छन् ।
रिशु राउत मुख्य पात्र जोअनको भूमिकामा छिन् — जो बाल्यकालदेखि वयस्कतासम्म हिंसाको मौन साक्षी बनेर बाँच्न बाध्य हुन्छिन् ।
रुजा राउतले हार्परको भूमिका निर्वाह गरेकी छन्, जो जोअनकी आमाजस्तै भूमिका सम्हाल्छिन् — बाहिरी संसारको भयावहता लुकाउने प्रयासमा ।
अनिश बिमलीले टडको भूमिका निभाएका छन्, जो विलासी टोपी निर्माण गर्ने कारखानामा कार्यरत छन् र निरन्तर द्विविधामा बाँचिरहेका छन् — विद्रोह गर्ने कि आत्मसमर्पण।

रिशु राउत भन्छिन्, “पहिलोपटक अंग्रेजी नाटकमा अभिनय गर्न पाउँदा विशेष अनुभव भयो ।”
रुजा राउतका अनुसार, “नाटकमा हार्परको भूमिकाले आफूलाई नयाँ रूपमा बुझ्ने मौका दियो ।”

नाटकमा सरल मञ्च सजावट, मौनता र प्रकाश संयोजनले गहिरो प्रभाव छोड्दछ। दर्शकलाई असहजता गराउने, सोच्न बाध्य पार्ने, र मनमा प्रश्न जन्माउने शैलीले ‘फार अवे’ लाई विशेष बनाएको छ।
एक दर्शक नविन विष्ट भन्छन्, “यस्तो अन्तर्राष्ट्रिय स्तरको नाटक हेर्ने मौका दुर्लभ हुन्छ। अभिनय, निर्देशन र समग्र प्रस्तुति मन छुने थियो।”

यदि तपाईंले यो नाटक अझै हेर्नुभएको छैन भने, आज अन्तिम अवसर हो ।
‘फार अवे’ एउटा यस्तो नाटक हो, जसले देखाउँछ — कसरी सामान्यजस्तो देखिने डर, समयसँगै मौन हिंसामा रूपान्तरण हुन्छ र सम्पूर्ण समाजलाई प्रभाव पार्छ।

अध्यक्ष/सम्पादक
हेमन क्षेत्री
प्रबन्ध निर्देशक
गणेश के.सी.
९७४३२५१५४२
प्रमुख कार्यकारी अधिकृत
मेहर सिंह के.सी.
९८५७०६१४१६
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
संवाददाता
बिनोद थापा
डब्लु बम रावल (९८४९९१६७०८)
जनसम्पर्क अधिकृत
अस्मिता भुसाल (९७६७६३३८१५)
क्यामेरा पर्शन
शिशिर कार्की (9813901361)
व्यवस्थापक
आविष्कार खत्री
लुम्बिनी व्युरो
अनिल कुमार चौधरी (९८६७४४७१०६)
आइटी शाखा
रमेश ज्ञवाली
विज्ञापनको लागि सम्पर्क
९७४३२५१५४२
लुम्बिनी गणेश मिडिया प्रा.लि.
का.म.पा.–२९, मैतिदेबी, काठमाडौं ।
फोन : 984-3497533
ईमेल : thelumbini2080@gmail.com
सूचना विभाग द.प्र.प.नं. : ४९६६–०८१/०८२
दर्ता मिति : २०८१/१२/११
प्रेस काउन्सिल नेपाल अनलाइन सञ्चार माध्यम सूचिकरण प्रमाणपत्र नं. ४९७३–०८१/०८२
दर्ता मिति : २०८२/०२/०४
about-us
© 2026 All right reserved to thelumbini.com | Site By : Sobij